घरखर्च चलाउन डोको व्यापार
सुर्खेत २० माघ । वीरेन्द्रनगरमा महिलाहरु घरखर्च चलाउने पैसा नभएपछि डोके व्यापार गर्न थालेको छन् । घरमा नुन तेल किन्न धौधौ हुँदा महिलाहरु हिजोआज डोके व्यवसाय गर्ने लागेका हुन ।
महिलाहरु बिहान उठेर तरकारी मन्डीमा पुग्छन् । मन्डीमा कसैले तरकारी व्यापार गर्ने गर्छन त कसैले फलफूल व्यापार गर्ने थालेका छन् । फलफूलको डोके बोकेर बजारभरि घुमिरहेको देखिन्छ । स्याउ,सुन्तला,अनार र मौसम लगायतका फलफूल विक्री गर्छन । फलफूल कहिले २ दिन लगाए बिक्रि गर्छन त कोहीले १ दिनमै विक्री गर्ने गरेको उनीहरु बताउँछन् ।
विहान उठेर खाली डोके बोकेर प्रत्येक बिहान २० केजी देखि २५ केजीसम्म फलफूल लिएर बजार घुमाउदै आएका छन् । नुन तेल किन्ने पैसा नभएपछि फलफूल बेच्न सूरु गरेकी सुर्खेत तातापानीकी २८ वर्षकी अन्जु बि.कले ५ दिन अघिदेखि फलफूल डोकोमा राखेर बेच्न थालेको वताईन ।
उनले भनिन्, ‘श्रीमान भारतमा कमाई गर्ने जानु भएको छ । १ महिना भयो, ८ हजारसम्म कमाएर पठाउनु हुन्थ्यो अहिले पठाउनु भएको छैन । छोराछोरी पढाउनै प¥यो । नुन तेल किन्ने पैसा हुँदैन । त्यही भएर डोकोमा फलफूल बेचेमा केही फाइदा भएमा नुन तेल किन्न सम्म हुन्छ की भनेर व्यापार गर्ने लागेको हुँ ।’
त्यस्तै अन्जुले २० केजी स्याउ बेचेर २ सयसम्म कमाउ छिन । उनेले भनिन्आ,’ज त बोहनी पनि भएको छैन । यो स्याउ बेच्न दुई दिन लाग्ने भो । मन्डीमा कम्प्युटर मेसिनबाट तौलेर ल्याउनुपर्छ । हामीलाई ३ केजी घाटा हुँदो रहेछ ।’
त्यस्तै अर्की डोके व्यापार गदै आएकी तातापानी सुर्खेतकी लक्ष्मी अधिकारीको पनि दुःख उस्तै छ । घरमा नुन तेल खाने पैसा हुन्छ की भनि व्यापार गर्ने थालें । राम्रोसँग व्यापार हुदैन । सबैले डोको व्यापार गर्न थाले । उनले भनिन् ,’आज जम्मा १ केजी मौसम मात्र विक्री गरेको छु । २५ केजी ल्याएको थिए । सबै बेचेर २ सय फाइदा हुन्छ । अब यो मौसम २४ घण्टा लगाएर बेच्नु पर्ने त होला, केही हुन्छ की ? बालबाच्चाको विद्यालयको ‘फि’ तिर्ने र बिहान-बेलुका नुन तेल खर्च हुने आसमा डोको व्यापार गर्न लागेको हुँ । घरमा ५ जनाको परिवार छ । कमाई गर्ने कोही छैन । पहिलापहिला अलिअलि व्यापार हुन्थ्यो । हिजोआज व्यापार सुक्दै गएको छ ।’
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












