९० करोड लगानी भएको नेपाली आयुर्वेद उद्योग संकटमा, ‘भारतका उत्पादन सजिलै आउँछन्’

आयुर्वेद उद्योगमा करिब ९० करोडको लगानी भएको भए पनि व्यावसायिक सफलता पाउन नसक्दा लगानी जोखिममा परेको उनीहरुको भनाइ छ । नेपाल आयुर्वेद औषधि उत्पादक संघका महासचिव तथा अनमोल आयुर्वेद प्रालिका सञ्चालक मानबहादुर साउदले खुला सिमानाका कारण भारतमा उत्पादन भएका औषधि सहजै नेपाली बजारमा उपलब्ध हुँदा आयुर्वेद उद्योगमा गरिएको लगानी धरापमा परेको बताए।रामदेवको पतञ्जली आयुर्वेद उद्योगका कारण नेपाली उत्पादनको समेत बजारीकरणमा ठूलो धक्का लागेको छ।
सरकारले पनि स्वदेशी उद्योगलाई प्रोत्साहन नगरी भारतीय उद्योग र औषधिलाई प्राथमिकता दिएको उनको आरोप छ । “खुला सीमाका कारण भारतीय औषधि सहजै नेपाल भित्रने गरेको छ । भारतीय उत्पादनका लागि नेपालमा प्रचारका लागि छुट्टै खर्च गर्नुपर्दैन । भारतमै प्रचार गरे पनि नेपाललाई पुग्छ । फेरि नेपालमै उत्पादित जडीबुटी सस्तोमा भारत निर्यात गरिन्छ र महँगोमा फेरि नेपालमा आयात गरिँदै आएको छ,” साउदले भने।
सरकारले नेपालमा पाइने जडीबुटीको सङ्कलन र प्रशोधन गर्न नसक्दा दोहोरो मारमा परेको सङ्घका अध्यक्ष विनोद पौडेलले बताए । सगरमाथा आयुर्वेद उद्योगका सञ्चालक समेत रहनुभएका पौडेलले सरकारले यहाँ पाइने जडीबुटीको सङ्कलन र प्रशोधनका लागि केन्द्र खोलेर व्यवस्थित गर्नुपर्ने बताए।
गोरखनाथ हर्बास्युटिकलका सञ्चालक राजेन्द्र बस्नेतले सरकारले अन्य उद्योग खोल्न सहुलियत व्यवस्था गरेको भए पनि आयुर्वेद उद्योगका लागि कुनै व्यवस्था नगरेको गुनासो गरे। उनले सरकारले स्वदेशी उद्योगलाई बेवास्ता गरेको र कानुनी अड्चन मात्र बनाएको आरोप लगाए। स्वदेशमा सञ्चालित आयुर्वेद उद्योगलाई व्यवस्थित गरेर गुणस्तरीय उत्पादन गरी बजारीकरण गरे आर्थिक विकाससँगै सयौं नागरिकले रोजगारीको अवसर पाउने सञ्चालक बताउँछन् ।
यसैबीच, नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको चौथो वार्षिक साधारणसभाले पुनः विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
साधारणसभाले उपाध्यक्षमा रामचन्द्र पन्थी, महासचिवमा मानबहादुर साउद, सचिवमा चन्द्रकान्त खनाल र कोषाध्यक्षमा सुमन पाण्डेलाई चयन गरेको छ । सदस्यहरुमा श्रीकृष्ण श्रेष्ठ, राजेन्द्र बस्नेत, श्यामकाजी तिमिल्सना, शम्भु अग्रवाल, दूर्गा बस्याल, महेन्द्रराज ब्रजाचार्यलाई चयन गरेको महासचिव साउदले जानकारी दिए।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












