९० करोड लगानी भएको नेपाली आयुर्वेद उद्योग संकटमा, ‘भारतका उत्पादन सजिलै आउँछन्’

आयुर्वेद उद्योगमा करिब ९० करोडको लगानी भएको भए पनि व्यावसायिक सफलता पाउन नसक्दा लगानी जोखिममा परेको उनीहरुको भनाइ छ । नेपाल आयुर्वेद औषधि उत्पादक संघका महासचिव तथा अनमोल आयुर्वेद प्रालिका सञ्चालक मानबहादुर साउदले खुला सिमानाका कारण भारतमा उत्पादन भएका औषधि सहजै नेपाली बजारमा उपलब्ध हुँदा आयुर्वेद उद्योगमा गरिएको लगानी धरापमा परेको बताए।रामदेवको पतञ्जली आयुर्वेद उद्योगका कारण नेपाली उत्पादनको समेत बजारीकरणमा ठूलो धक्का लागेको छ।
सरकारले पनि स्वदेशी उद्योगलाई प्रोत्साहन नगरी भारतीय उद्योग र औषधिलाई प्राथमिकता दिएको उनको आरोप छ । “खुला सीमाका कारण भारतीय औषधि सहजै नेपाल भित्रने गरेको छ । भारतीय उत्पादनका लागि नेपालमा प्रचारका लागि छुट्टै खर्च गर्नुपर्दैन । भारतमै प्रचार गरे पनि नेपाललाई पुग्छ । फेरि नेपालमै उत्पादित जडीबुटी सस्तोमा भारत निर्यात गरिन्छ र महँगोमा फेरि नेपालमा आयात गरिँदै आएको छ,” साउदले भने।
सरकारले नेपालमा पाइने जडीबुटीको सङ्कलन र प्रशोधन गर्न नसक्दा दोहोरो मारमा परेको सङ्घका अध्यक्ष विनोद पौडेलले बताए । सगरमाथा आयुर्वेद उद्योगका सञ्चालक समेत रहनुभएका पौडेलले सरकारले यहाँ पाइने जडीबुटीको सङ्कलन र प्रशोधनका लागि केन्द्र खोलेर व्यवस्थित गर्नुपर्ने बताए।
गोरखनाथ हर्बास्युटिकलका सञ्चालक राजेन्द्र बस्नेतले सरकारले अन्य उद्योग खोल्न सहुलियत व्यवस्था गरेको भए पनि आयुर्वेद उद्योगका लागि कुनै व्यवस्था नगरेको गुनासो गरे। उनले सरकारले स्वदेशी उद्योगलाई बेवास्ता गरेको र कानुनी अड्चन मात्र बनाएको आरोप लगाए। स्वदेशमा सञ्चालित आयुर्वेद उद्योगलाई व्यवस्थित गरेर गुणस्तरीय उत्पादन गरी बजारीकरण गरे आर्थिक विकाससँगै सयौं नागरिकले रोजगारीको अवसर पाउने सञ्चालक बताउँछन् ।
यसैबीच, नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको चौथो वार्षिक साधारणसभाले पुनः विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
साधारणसभाले उपाध्यक्षमा रामचन्द्र पन्थी, महासचिवमा मानबहादुर साउद, सचिवमा चन्द्रकान्त खनाल र कोषाध्यक्षमा सुमन पाण्डेलाई चयन गरेको छ । सदस्यहरुमा श्रीकृष्ण श्रेष्ठ, राजेन्द्र बस्नेत, श्यामकाजी तिमिल्सना, शम्भु अग्रवाल, दूर्गा बस्याल, महेन्द्रराज ब्रजाचार्यलाई चयन गरेको महासचिव साउदले जानकारी दिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












