उपेन्द्र यादव कड्किएर भने, ‘अब यस्तो नौटंकी नगरौं’
काठमाडौं । चलाउने यन्त्र अन्तै भएपछि यतातिर ‘चल्नेहरुले’ बोल्ने पनि उतैको कुरा न हो ! नेपालमा चुनाव नहोस्, संविधान कार्यान्वयनमा बाधैबाधा आउन् र अस्थिरता रहिराखोस् भनेर कसले चाहेको छ भाषामै लेखिहाल्नु नपर्ला । सोमबार तिनै कुरा मुखै खोलेर बालुवाटारमा व्यक्त भएको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने, ‘संविधान संशोधन विधेयक परिमार्जनसहितै पारित भए पनि चुनाव त हामी हुनै दिन्नौँ ।’ उनले यति बोलेपछि छलफल कक्षमा सन्नाटा नै छायो । भन्दै गए, ‘मधेसमा राज्यको उपस्थितिका नाममा सेना र पुलिससम्म मात्रै सिमित हुनेछ, तपाईंहरुको कुनै दाल गल्नेवाला छैन । हामी चुनाव हुन दिन्नौँ ।’ यसपछि उपेन्द्र यादव कड्किए, ‘अब यस्तो नौटंकी नगराँै, आ–आफ्नो बाटो लागौँ । कांग्रेस, एमाले, माओवादी भनेका एउटै हुन् ।’ यसपछि बल्ल राजेन्द्र महतोले भने, ‘यो संशोधन पारित नभई चुनावको कुरै नगर्नुस् !’ यस्तो कुरा राखेर मधेसी नेता बाहिरिए । त्यसपछि देउवाले त्यहाँ रहेका अन्य दलका नेतासँग भने, ‘यी त भुसुनामात्र हुन् ।’ देउवाको भनाइलाई यस्तो अर्थ लगाउन सकिन्छ कि, यिनीहरु भुसुना हुन्, खास तŒव पारि छ । अर्को अर्थ हो, यी कराउँदै गर्छन्, हामी चुनावमा जाऔँ । खर्च आफैँ गर्ने र त्यसको लेखापरीक्षण पनि आफैँ गर्ने ? अर्थात्, कसुरदारले नै मुद्दा छिन्ने प्रावधान कहिँ हुन्छ ? तर, यस्तै भएको छ, संसदमा । प्रचण्डले खर्च गर्ने र उनैका मान्छेले सदर गर्ने मेसो मिलाउँदै व्यवस्थापिका संसदमा सार्वजनिक लेखा समितिको सभापतिको निर्वाचन सोमबार उनकै पार्टीका सांसद जितेका छन् । सांसदहरु भन्दै थिए, ‘चुनाव माओवादीले जित्यो तर संसदीय प्रणालीले हार्नेगरी ।’ अब चुनाव नगर्ने, प्रधानमन्त्री पनि रहिरहने दुबै सुविधा प्रचण्डले पाउने दिन सकिए । हप्ता–दश दिनमा मुलुकले एउटा बाटो पाउने स्थिति बन्दैछ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











