उपेन्द्र यादव कड्किएर भने, ‘अब यस्तो नौटंकी नगरौं’
काठमाडौं । चलाउने यन्त्र अन्तै भएपछि यतातिर ‘चल्नेहरुले’ बोल्ने पनि उतैको कुरा न हो ! नेपालमा चुनाव नहोस्, संविधान कार्यान्वयनमा बाधैबाधा आउन् र अस्थिरता रहिराखोस् भनेर कसले चाहेको छ भाषामै लेखिहाल्नु नपर्ला । सोमबार तिनै कुरा मुखै खोलेर बालुवाटारमा व्यक्त भएको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने, ‘संविधान संशोधन विधेयक परिमार्जनसहितै पारित भए पनि चुनाव त हामी हुनै दिन्नौँ ।’ उनले यति बोलेपछि छलफल कक्षमा सन्नाटा नै छायो । भन्दै गए, ‘मधेसमा राज्यको उपस्थितिका नाममा सेना र पुलिससम्म मात्रै सिमित हुनेछ, तपाईंहरुको कुनै दाल गल्नेवाला छैन । हामी चुनाव हुन दिन्नौँ ।’ यसपछि उपेन्द्र यादव कड्किए, ‘अब यस्तो नौटंकी नगराँै, आ–आफ्नो बाटो लागौँ । कांग्रेस, एमाले, माओवादी भनेका एउटै हुन् ।’ यसपछि बल्ल राजेन्द्र महतोले भने, ‘यो संशोधन पारित नभई चुनावको कुरै नगर्नुस् !’ यस्तो कुरा राखेर मधेसी नेता बाहिरिए । त्यसपछि देउवाले त्यहाँ रहेका अन्य दलका नेतासँग भने, ‘यी त भुसुनामात्र हुन् ।’ देउवाको भनाइलाई यस्तो अर्थ लगाउन सकिन्छ कि, यिनीहरु भुसुना हुन्, खास तŒव पारि छ । अर्को अर्थ हो, यी कराउँदै गर्छन्, हामी चुनावमा जाऔँ । खर्च आफैँ गर्ने र त्यसको लेखापरीक्षण पनि आफैँ गर्ने ? अर्थात्, कसुरदारले नै मुद्दा छिन्ने प्रावधान कहिँ हुन्छ ? तर, यस्तै भएको छ, संसदमा । प्रचण्डले खर्च गर्ने र उनैका मान्छेले सदर गर्ने मेसो मिलाउँदै व्यवस्थापिका संसदमा सार्वजनिक लेखा समितिको सभापतिको निर्वाचन सोमबार उनकै पार्टीका सांसद जितेका छन् । सांसदहरु भन्दै थिए, ‘चुनाव माओवादीले जित्यो तर संसदीय प्रणालीले हार्नेगरी ।’ अब चुनाव नगर्ने, प्रधानमन्त्री पनि रहिरहने दुबै सुविधा प्रचण्डले पाउने दिन सकिए । हप्ता–दश दिनमा मुलुकले एउटा बाटो पाउने स्थिति बन्दैछ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












