यसकारण रातभर सडकमा भेटिन्छन खानेपानी आयोजना निर्देशनालयका नरेन्द्र कुमार
काठमाडौं । काठमाडौं उपत्यकावासीलाई स्वच्छ, सफा र हिमश्रृखला पग्लेर बगेको कंचन पानी खुवाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय युद्धस्तरमा जुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन र खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिमप्रसाद उपाध्यायको सल्लाहमा आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीको प्रत्यक्ष निगरानीमा राती १ बजेसम्म पनि निरन्तर खट्ने प्राविधिक इन्जिनियर हुन नरेन्द्र कुमार श्रेष्ठ । पाइपलाइनको अवस्था आयोजनाले थोक वितरण प्रणाली चार र वितरण संजाल सुधार तीन गरि एकैपटक सात वटा पाइपलाईन विस्तार निर्माण प्रक्रिया अगाडि बढेको आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले नेपाली जनतालाई बताएका छन ।
यो समाचार तयार पार्दाको समयसम्म काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरणको लागि थोक वितरण प्रणाली तर्फ ६०।६ किमि पाइप विछ्याउनु पर्नेमा ३८ किमी पाइपलाईन विछ्याई सकिएको आयोजनाले बताएको छ । त्यसैगरि वितरण संजाल सुधारमा ६ सय ६० किमि पाइप लाइन विछ्याउनु पर्नेमा हालसम्म ५ सय ३० किमि पाइपलाइन विछ्याउने काम सकिएको छ । यो अनुपातमा काठमाडौंको पाइपलाईन विछ्याउने काम लगभग अन्तिम चरणमा पुगेको छ । आयोजना कार्यान्वयन निर्देशनालयको तदारुकता र प्राविधिक कर्मचारीहरुको अहोरात्र क्रियाशिलताले यो सम्भव भएको महांलचौर निवासी आङछिरिङ सेर्पा बताउछन् । शेर्पा भन्छन, “यसरी सरकारी कर्मचारीले रातदिन नभनेर काम गरेको देखेको पनि थिइन यस पटक अचम्मै लागेको छ ।
दिनभर केहि काम गरेको देखिदैन तर, विहान उठेर हेर्दा सडक खनेर पाइप विछ्याएर पुरी सकेको देख्छु ।” महांकाल चौर देखि चावहिलसम्मको क्षेत्रमा १४ सय एमएम अर्थात ५६ इन्चीको पाइप ९ सय ९ मिटर विछ्याउनु पर्नेमा हालसम्म ७ सय ५ मिटरसम्म विछ्याउने काम सम्पन्न भइसकेको छ । चावहिल देखि नारायण गोपाल चोकसम्मको क्षेत्रमा २० हजार ९ सय २२ मिटर पाइपलाइन गर्नु पर्नेमा २० हजार १ सय ६४ मिटर पाइप विछ्याउन काम सम्पन्न भएको छ । नारायण गोपाल चोकबाट वासवारी रिर्जबवयरसम्मको इलाकामा १० एमएम अर्थात ४० इन्चीको पाइप १ हजार ७ सय ६ मिटर विछ्याउनु पर्नेमा १ सय ५६ मिटर मात्र विछ्याउने काम भएको छ सो क्षेत्रमा काम भइरहेको छ । चावहिलबाट गौशला चोकको इलाकामा १० एमएम अर्थात ४० इन्चीको पाइप १ हजार १ सय ९३ मिटर विछ्याउनु पर्नेमा ३ सय ६० मिटर विछ्याउनेकाम भएको छ । सो इलाकामा पनि काम भइरहेको छ । कलंकि खरिबजारबाट कलंकि सिता पे्रट्रोलपम्पसम्को इलाका २८ इन्चीको पाइप २ सय ५० मिटर विछ्याउनुपर्नेमा ५३ मिटर विछ्याउने काम भएको छ । सिता पम्पदेखि बल्खुचोकसम्म १६ इन्चीको पाइप ९ सय ५० मिटर विछ्याउनु पर्नेमा ७ सय ८१ मिटर पाइप विछ्याउने काम सम्पन्न भएको छ ।
त्यसैगरि एकान्तकुना देखि ताल्छीखेलसम्मको इलाकामा १६ इन्चीको पाइप १ हजार ८ सय ८२ मिटर विछ्याउनु पर्नेमा १ हजार ७ सय ८८ मिटर पाइप विछ्याउनेकाम सम्पन्न भएको साइड इन्जिनियर इन्जिनियर नरेन्द्र कुमार श्रेष्ठले नेपाली जनतासँग कुरा गर्दै बताएका छन । श्रेष्ठ थोक वितरण प्रणली १ नम्वरका साइड इन्र्चाज हुन ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी काठमाडौमा वितरण गर्नुभन्दा पहिले भण्डारण पनि गर्नु पर्ने हुन्छ । पानी भण्डारणका लागि ९रिर्जबवयर० अर्थात पानी भण्डारण टंङकीको निर्माणको काम पनि धमाधम भइरहेका छन् । कुनै कुनै ठाउमा सकिएका पनि छन् । वासवारीको पानी भण्डारण टङकी ९रिर्जबवयर० लगभग सकिएको अवस्थामा छ । यो टंकि ९५ लाख लिटर पानी जम्मा गर्न सक्ने क्षमताको रहेको छ । महांकालचौरमा ८० लाख क्षमताको पानी भण्डारण रिर्जबवयर निर्माण हुदै गरेको छ । आरुवारीमा पनि ८५ लाख लिटर पानी भण्डारण रिर्जबवयर टंङकी निर्माण हुर्दै गरेको साइड इन्र्चाज इन्जिनियर नरेन्द्र कुमार श्रेष्ठले बताएका छन् ।
उनी रातभर काम गर्ने इन्जिनियर हुन । त्यसैगरि महाराजगञ्ज केयुकेएल शाखा परिसरमा ७५ लाख लिटरपानी जम्मा गर्ने रिर्जबवयर निर्माण हुर्दै छ । ललितपुरको खुमल्टारमा ९५ लाख लिटर पानी जम्मा गर्ने रिर्जबवयर निर्माणधिन अवस्थामा रहेको छ । भक्तपुरको वोडे र कटुण्जे तथा किर्तिपुरमा पनि ३०–४० लाख लिटर पानी भण्डारण गर्ने रिर्जबवयर निर्माणको प्रक्रियामा रहेका छन् । यसरी काठमाडौं उपत्यकावासीलाई खानेपानीको आपुर्तीलाई व्यवस्थापन गर्न लागिएको आयोजनाले बताएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












