यसकारण रातभर सडकमा भेटिन्छन खानेपानी आयोजना निर्देशनालयका नरेन्द्र कुमार
काठमाडौं । काठमाडौं उपत्यकावासीलाई स्वच्छ, सफा र हिमश्रृखला पग्लेर बगेको कंचन पानी खुवाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय युद्धस्तरमा जुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन र खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिमप्रसाद उपाध्यायको सल्लाहमा आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीको प्रत्यक्ष निगरानीमा राती १ बजेसम्म पनि निरन्तर खट्ने प्राविधिक इन्जिनियर हुन नरेन्द्र कुमार श्रेष्ठ । पाइपलाइनको अवस्था आयोजनाले थोक वितरण प्रणाली चार र वितरण संजाल सुधार तीन गरि एकैपटक सात वटा पाइपलाईन विस्तार निर्माण प्रक्रिया अगाडि बढेको आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले नेपाली जनतालाई बताएका छन ।
यो समाचार तयार पार्दाको समयसम्म काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरणको लागि थोक वितरण प्रणाली तर्फ ६०।६ किमि पाइप विछ्याउनु पर्नेमा ३८ किमी पाइपलाईन विछ्याई सकिएको आयोजनाले बताएको छ । त्यसैगरि वितरण संजाल सुधारमा ६ सय ६० किमि पाइप लाइन विछ्याउनु पर्नेमा हालसम्म ५ सय ३० किमि पाइपलाइन विछ्याउने काम सकिएको छ । यो अनुपातमा काठमाडौंको पाइपलाईन विछ्याउने काम लगभग अन्तिम चरणमा पुगेको छ । आयोजना कार्यान्वयन निर्देशनालयको तदारुकता र प्राविधिक कर्मचारीहरुको अहोरात्र क्रियाशिलताले यो सम्भव भएको महांलचौर निवासी आङछिरिङ सेर्पा बताउछन् । शेर्पा भन्छन, “यसरी सरकारी कर्मचारीले रातदिन नभनेर काम गरेको देखेको पनि थिइन यस पटक अचम्मै लागेको छ ।
दिनभर केहि काम गरेको देखिदैन तर, विहान उठेर हेर्दा सडक खनेर पाइप विछ्याएर पुरी सकेको देख्छु ।” महांकाल चौर देखि चावहिलसम्मको क्षेत्रमा १४ सय एमएम अर्थात ५६ इन्चीको पाइप ९ सय ९ मिटर विछ्याउनु पर्नेमा हालसम्म ७ सय ५ मिटरसम्म विछ्याउने काम सम्पन्न भइसकेको छ । चावहिल देखि नारायण गोपाल चोकसम्मको क्षेत्रमा २० हजार ९ सय २२ मिटर पाइपलाइन गर्नु पर्नेमा २० हजार १ सय ६४ मिटर पाइप विछ्याउन काम सम्पन्न भएको छ । नारायण गोपाल चोकबाट वासवारी रिर्जबवयरसम्मको इलाकामा १० एमएम अर्थात ४० इन्चीको पाइप १ हजार ७ सय ६ मिटर विछ्याउनु पर्नेमा १ सय ५६ मिटर मात्र विछ्याउने काम भएको छ सो क्षेत्रमा काम भइरहेको छ । चावहिलबाट गौशला चोकको इलाकामा १० एमएम अर्थात ४० इन्चीको पाइप १ हजार १ सय ९३ मिटर विछ्याउनु पर्नेमा ३ सय ६० मिटर विछ्याउनेकाम भएको छ । सो इलाकामा पनि काम भइरहेको छ । कलंकि खरिबजारबाट कलंकि सिता पे्रट्रोलपम्पसम्को इलाका २८ इन्चीको पाइप २ सय ५० मिटर विछ्याउनुपर्नेमा ५३ मिटर विछ्याउने काम भएको छ । सिता पम्पदेखि बल्खुचोकसम्म १६ इन्चीको पाइप ९ सय ५० मिटर विछ्याउनु पर्नेमा ७ सय ८१ मिटर पाइप विछ्याउने काम सम्पन्न भएको छ ।
त्यसैगरि एकान्तकुना देखि ताल्छीखेलसम्मको इलाकामा १६ इन्चीको पाइप १ हजार ८ सय ८२ मिटर विछ्याउनु पर्नेमा १ हजार ७ सय ८८ मिटर पाइप विछ्याउनेकाम सम्पन्न भएको साइड इन्जिनियर इन्जिनियर नरेन्द्र कुमार श्रेष्ठले नेपाली जनतासँग कुरा गर्दै बताएका छन । श्रेष्ठ थोक वितरण प्रणली १ नम्वरका साइड इन्र्चाज हुन ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी काठमाडौमा वितरण गर्नुभन्दा पहिले भण्डारण पनि गर्नु पर्ने हुन्छ । पानी भण्डारणका लागि ९रिर्जबवयर० अर्थात पानी भण्डारण टंङकीको निर्माणको काम पनि धमाधम भइरहेका छन् । कुनै कुनै ठाउमा सकिएका पनि छन् । वासवारीको पानी भण्डारण टङकी ९रिर्जबवयर० लगभग सकिएको अवस्थामा छ । यो टंकि ९५ लाख लिटर पानी जम्मा गर्न सक्ने क्षमताको रहेको छ । महांकालचौरमा ८० लाख क्षमताको पानी भण्डारण रिर्जबवयर निर्माण हुदै गरेको छ । आरुवारीमा पनि ८५ लाख लिटर पानी भण्डारण रिर्जबवयर टंङकी निर्माण हुर्दै गरेको साइड इन्र्चाज इन्जिनियर नरेन्द्र कुमार श्रेष्ठले बताएका छन् ।
उनी रातभर काम गर्ने इन्जिनियर हुन । त्यसैगरि महाराजगञ्ज केयुकेएल शाखा परिसरमा ७५ लाख लिटरपानी जम्मा गर्ने रिर्जबवयर निर्माण हुर्दै छ । ललितपुरको खुमल्टारमा ९५ लाख लिटर पानी जम्मा गर्ने रिर्जबवयर निर्माणधिन अवस्थामा रहेको छ । भक्तपुरको वोडे र कटुण्जे तथा किर्तिपुरमा पनि ३०–४० लाख लिटर पानी भण्डारण गर्ने रिर्जबवयर निर्माणको प्रक्रियामा रहेका छन् । यसरी काठमाडौं उपत्यकावासीलाई खानेपानीको आपुर्तीलाई व्यवस्थापन गर्न लागिएको आयोजनाले बताएको छ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












