‘राजनीतिक भर्तीकेन्द्र बन्यो पर्यटन समिति’
जुम्ला, ५ फागुन । राजनीतिक भर्ती केन्द्र बनेकै कारण यहाँको पर्यटन विकास हुन नसकेको कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जुम्लाका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभएको छ ।
पर्यटन योजना निर्माणसम्बन्धी पत्रकारसँग बुधबार भएको छलफल कार्यक्रममा कार्यकारी निर्देशक उपाध्यायले यो कुराको खुलासा गर्नुभएको हो । विसं २०६७ सालमा समिति स्थापना भएदेखि करोडौँको बजेट यहाँ आए पनि राजनीतिक आस्थाका आधारमा जनशक्ति भर्ती गरिँदै आएकाले पर्यटन पूर्वाधार विकासमा बाधा पुगेको उहाँको भनाइ थियो ।
“एक/दुई लाखका टुक्रे योजनाबाट मठमन्दिर बाटोघाटोमा बजेट खर्च गरी जीविकोपार्जन गर्ने काम भयो, तर ठोस योजना बन्नै सकेनन्,” उहाँले भन्नुभयो ।
आगामी वर्षदेखि पर्यटन पूर्वाधार विकासका लागि योजना निर्माण गर्न र नीतिगतरुपमा यसलाई अघि बढाई कर्णालीलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले यहाँका राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, पर्यटन तथा होटल व्यवसायी र गैसस लगायतका सबै सरोकारवालासँग छलफल चलाइएको उहाँको भनाइ थियो ।
छलफलमा पत्रकारले कर्णालीका पर्यटकीयस्थलको पहिचान नभएको र तिनको अभिलेख पनि समितिले नराखेको औँल्याएका थिए । धुलो उडाएर बजेट सिध्याउन नहुने भन्दै उनीहरुले धार्मिक, कृषि र पर्या–पर्यटनसँग आधारित गुरुयोजना निर्माण गरी अघि बढ्न सुझाए ।
साथै, उनीहरुले पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार कार्यलाई व्यापक बनाउन आग्रह पनि गरे । कार्यकारी निर्देशक उपाध्यायले कर्णालीसँग सम्बन्धित विभिन्न क्षेत्रका पर्यटकीयस्थलको अभिलेखीकरण गर्न सूचना केन्द्रको स्थापना गर्ने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












