‘राजनीतिक भर्तीकेन्द्र बन्यो पर्यटन समिति’
जुम्ला, ५ फागुन । राजनीतिक भर्ती केन्द्र बनेकै कारण यहाँको पर्यटन विकास हुन नसकेको कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जुम्लाका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभएको छ ।
पर्यटन योजना निर्माणसम्बन्धी पत्रकारसँग बुधबार भएको छलफल कार्यक्रममा कार्यकारी निर्देशक उपाध्यायले यो कुराको खुलासा गर्नुभएको हो । विसं २०६७ सालमा समिति स्थापना भएदेखि करोडौँको बजेट यहाँ आए पनि राजनीतिक आस्थाका आधारमा जनशक्ति भर्ती गरिँदै आएकाले पर्यटन पूर्वाधार विकासमा बाधा पुगेको उहाँको भनाइ थियो ।
“एक/दुई लाखका टुक्रे योजनाबाट मठमन्दिर बाटोघाटोमा बजेट खर्च गरी जीविकोपार्जन गर्ने काम भयो, तर ठोस योजना बन्नै सकेनन्,” उहाँले भन्नुभयो ।
आगामी वर्षदेखि पर्यटन पूर्वाधार विकासका लागि योजना निर्माण गर्न र नीतिगतरुपमा यसलाई अघि बढाई कर्णालीलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले यहाँका राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, पर्यटन तथा होटल व्यवसायी र गैसस लगायतका सबै सरोकारवालासँग छलफल चलाइएको उहाँको भनाइ थियो ।
छलफलमा पत्रकारले कर्णालीका पर्यटकीयस्थलको पहिचान नभएको र तिनको अभिलेख पनि समितिले नराखेको औँल्याएका थिए । धुलो उडाएर बजेट सिध्याउन नहुने भन्दै उनीहरुले धार्मिक, कृषि र पर्या–पर्यटनसँग आधारित गुरुयोजना निर्माण गरी अघि बढ्न सुझाए ।
साथै, उनीहरुले पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार कार्यलाई व्यापक बनाउन आग्रह पनि गरे । कार्यकारी निर्देशक उपाध्यायले कर्णालीसँग सम्बन्धित विभिन्न क्षेत्रका पर्यटकीयस्थलको अभिलेखीकरण गर्न सूचना केन्द्रको स्थापना गर्ने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












