रक्सौल– परवानीपुर प्रसारण लाइन निर्माण पूरा
वीरगन्ज । रक्सौल– परवानीपुर १३२ केभी विद्युत प्रसारण लाइनको निर्माण पूरा भएको छ ।
भारतको रक्सौलदेखि परवानीपुरसम्म रहेको उक्त प्रसारण लाइनको टावर, तार तथा अन्य उपकरण जडानकोे अन्तिम जाँच सुरु भएको आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले बताए ।
भारत सरकारले करिब भारु २१ करोडको लगानीमा भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरमा दुईवटा सवस्टेसन निर्माण भइसकेको बताइएको छ ।
यही फेब्रुअरी महिनाको अन्तसम्म परीक्षण गरी सुरुमा केन्द्रीय लाइनमा जोडिने आयोजना प्रमुख मुखियाले बताए ।
रक्सौल परवानीपुर प्रसारण लाइन चालु भएपछि विद्युत भार कटौतीको असर खेपिरहेका वीरगन्ज पथलैया औद्योगिक करिडोर क्षेत्रमा विद्युत कटौती नहुने प्राविधिकहरुको भनाइ छ ।
भारतको विहार सरकारले रक्सौलमा निर्माण गरेको सवस्टेसन नेपाल–भारतको सीमा दशगजा क्षेत्रको चार किमी लाइन भारतीय क्षेत्रमा पर्छ भने नेपालतर्फ परवानीपुरसम्म १३ किमी क्षेत्रमा पर्दछ । नेपाल–भारत दुवै देशबीच विगतमा भएको विद्युत सम्झौताअनुसार भारत सरकारले निर्माण गरेको विद्युत प्रसारण लाइनमा उत्पादित विद्युत वीरगन्ज क्षेत्रका लागि मात्र नभई केन्द्रीय प्रसारण लाइनमा जोडी अन्यत्रसमेत उपयोग गरिने आयोजनाले जनाएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












