रक्सौल– परवानीपुर प्रसारण लाइन निर्माण पूरा
वीरगन्ज । रक्सौल– परवानीपुर १३२ केभी विद्युत प्रसारण लाइनको निर्माण पूरा भएको छ ।
भारतको रक्सौलदेखि परवानीपुरसम्म रहेको उक्त प्रसारण लाइनको टावर, तार तथा अन्य उपकरण जडानकोे अन्तिम जाँच सुरु भएको आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले बताए ।
भारत सरकारले करिब भारु २१ करोडको लगानीमा भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरमा दुईवटा सवस्टेसन निर्माण भइसकेको बताइएको छ ।
यही फेब्रुअरी महिनाको अन्तसम्म परीक्षण गरी सुरुमा केन्द्रीय लाइनमा जोडिने आयोजना प्रमुख मुखियाले बताए ।
रक्सौल परवानीपुर प्रसारण लाइन चालु भएपछि विद्युत भार कटौतीको असर खेपिरहेका वीरगन्ज पथलैया औद्योगिक करिडोर क्षेत्रमा विद्युत कटौती नहुने प्राविधिकहरुको भनाइ छ ।
भारतको विहार सरकारले रक्सौलमा निर्माण गरेको सवस्टेसन नेपाल–भारतको सीमा दशगजा क्षेत्रको चार किमी लाइन भारतीय क्षेत्रमा पर्छ भने नेपालतर्फ परवानीपुरसम्म १३ किमी क्षेत्रमा पर्दछ । नेपाल–भारत दुवै देशबीच विगतमा भएको विद्युत सम्झौताअनुसार भारत सरकारले निर्माण गरेको विद्युत प्रसारण लाइनमा उत्पादित विद्युत वीरगन्ज क्षेत्रका लागि मात्र नभई केन्द्रीय प्रसारण लाइनमा जोडी अन्यत्रसमेत उपयोग गरिने आयोजनाले जनाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












