विराट एक्स्पोको तयारी पूरा
विराटनगर । उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा बुधबारदेखि सुरु हुने कृषि तथा औद्योगिक प्रदर्शनी विराट एक्स्पो–२०७३ को तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने छन् ।
प्रदर्शनीमा औद्यौगिक उत्पादन, कृषि, जडीबुटी उत्पादन, कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्टस्, हस्तकलाका सामग्री, विद्युतीय सामग्री, घरायसी सामग्री र खाद्य पदार्थ बिक्रीका लागि २ सय ५४ वटा व्यापारिक कक्ष राखिने छन् ।
त्यसैगरी, एक्स्पोमा रोजगारी मेलाको समेत व्यवस्था गरिएको छ । कुनै उद्योगमा कर्मचारीको आवश्यकता परे एक्स्पोमा सम्पर्क गरी आवश्यक सम्झौता गरेर लग्ने व्यवस्था मिलाइएको छ ।
एक्सपोमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हेलिकोप्टरबाट माउन्टेन फ्लाइटको समेत व्यवस्था गरिएको छ । एक घन्टाको माउन्टेन फ्लाइटबाट सातहजार पाँचसय रुपैयाँमा पूर्वी क्षेत्रका हिमाल– कञ्चनजंघा, मकालु र सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको अवलोकन गराइने व्यवस्था गरिएको छ ।
एक सातासम्म चल्ने एक्स्पोमा भारतको विहार, पश्चिम बङ्गाल तथा मुलुक भित्रका समेत गरी तीन लाख दर्शकले मेलाको अवलोकन गर्ने र ४० देखि ५० करोड रुपैयाँको कारोबार हुने अनुमान छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












