विराट एक्स्पोको तयारी पूरा
विराटनगर । उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा बुधबारदेखि सुरु हुने कृषि तथा औद्योगिक प्रदर्शनी विराट एक्स्पो–२०७३ को तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने छन् ।
प्रदर्शनीमा औद्यौगिक उत्पादन, कृषि, जडीबुटी उत्पादन, कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्टस्, हस्तकलाका सामग्री, विद्युतीय सामग्री, घरायसी सामग्री र खाद्य पदार्थ बिक्रीका लागि २ सय ५४ वटा व्यापारिक कक्ष राखिने छन् ।
त्यसैगरी, एक्स्पोमा रोजगारी मेलाको समेत व्यवस्था गरिएको छ । कुनै उद्योगमा कर्मचारीको आवश्यकता परे एक्स्पोमा सम्पर्क गरी आवश्यक सम्झौता गरेर लग्ने व्यवस्था मिलाइएको छ ।
एक्सपोमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हेलिकोप्टरबाट माउन्टेन फ्लाइटको समेत व्यवस्था गरिएको छ । एक घन्टाको माउन्टेन फ्लाइटबाट सातहजार पाँचसय रुपैयाँमा पूर्वी क्षेत्रका हिमाल– कञ्चनजंघा, मकालु र सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको अवलोकन गराइने व्यवस्था गरिएको छ ।
एक सातासम्म चल्ने एक्स्पोमा भारतको विहार, पश्चिम बङ्गाल तथा मुलुक भित्रका समेत गरी तीन लाख दर्शकले मेलाको अवलोकन गर्ने र ४० देखि ५० करोड रुपैयाँको कारोबार हुने अनुमान छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












