पैसाका निम्ति गाईपालेको होइन तर ‘सिस्टम बसाल्नु छ’

डोटी १६ फागृुन । रुचिकै कारण अठतीस वर्षका एक कानुन व्यवसायी गाईपालनतर्फ आकर्षित भएका छन् ।
कानुन व्यवसयसंगै काठमाडौँमा आठ वर्षसम्म एनजिओको जागिरे समेत हुनुभएका रवि श्रेष्ठले व्यावसायिक कृषक बन्ने चाहनाले नै दहचोकमा कुखुरापालन, बाख्रापालन, गाईपालन र तरकारीखेती समेत गर्दै आउनुभएको थियो ।
यसबाट सन्तुष्ठ नभएपछि उहाँले आफ्नै गृहजिल्ला डोटीमा गएर गाईपालन व्यवसाय सुरु गर्नुभएको हो । जिल्लाको समष्टिगत विकासका निम्ति आत्मनिर्भर हुन व्यवसाय गर्नुपर्छ भन्ने सोचले आफूले यस व्यवसाय अङ्गालेको श्रेष्ठले बताउनुभयो ।
राससको जिज्ञासामा उहाँले “आफ्नो बाल्यकालदेखिको रुचि कृषि व्यवसाय नै थियो तर समय र परिस्थितिले कानुन व्यवसायी र एनजिओकर्मी बनायो’’ उहाँले भन्नुभयो, “ रुडुक भन्ने संस्थामा जागिरे हुँदा डोटीलगायतका नेपालका धेरै ठाउँ घुम्दा व्यावसायिक रुपमा गरेका गाई, भैंँसी, बाख्रा, कुखुरापालनले त्यसैबेलादेखि नै मनमा डेरा जमाइसकेको थियो । अन्तत आफ्नै जन्मभूमि डोटीले आफूलाई यो व्यवसायतर्फ तानेको हो ।”
“व्यवसयका लागि डोटीमा प्रशस्त सम्भावना छन् तर यहाँ सिस्टम छैन । त्यसका निम्ति आफू नै अग्रसर भएको हूँ ।” श्रेष्ठले उल्लेख गर्नुभयो ।
डोटीमा गाईभँैसी, बाख्रा, कुखुरा नपाल्ने कोही छैनन् तर ती सबै निवार्हमुखी मात्रै बनेका छन् । खानकै लागि ऋण काढेर दुहुनो गाईभँैसी खोज्ने तर दुहुन छुटेपछि थोरै मूल्यमा बिक्री गर्ने, पुनः ऋण काढेर अर्को खोज्ने गर्नाले यहाँ झन गरिबी बढेको उहाँको भनाइ छ ।
कतिपय युवा यो पेसा गर्न अपठेरो मान्ने तर भारतलगायत खाडीमूलुकमा श्रम बेच्न जाने उनीहरुको कामको कुनै निश्चित छैन तर पनि जोखिमपूर्ण काम गर्न बाध्य बनेका छन् । आफ्ना लागि कमाएर खानका निम्ति जमिन नभएका कोही छैनन् तर सोच नै गरिब भएका कारण उनीहरु झन गरिब बन्दै गएको देखिन्छ भन्नुहुन्छ व्यवसायी श्रेष्ठ ।
करिब रु ३० लाखको लगानीमा सिलगढी नगरपालिका– ६ स्थित चिसापानी भन्ने ठाउँमा १६ वटा गाई पाल्नुभएका उहाँले प्रतिदिन ६० लिटरभन्दा बढी दूध बजारमा पठाउने गरेको र पाँच जनालाई रोजगारी पनि दिनुभएको छ । यस व्यवसायले सिलगढीमा दूधको आपूर्ति सहज भएको छ । भनेको समयमा यहाँका होटेल व्यवसायीले दूध पाएका छन् ।
डोटीमा अहिलेसम्म व्यावसायिक रुपमा गाईपालन नभएकाले बजारमा पनिर, चिज खोज्दा नपाइने गरेको तीतो यथार्थ समेत श्रेष्ठले सुनाउनुभयो ।
डोटीस्थित सेती प्राविधिक शिक्षालयको भेटनरी तर्फका विद्यार्थीका लागि रिसर्च सेन्टर बनाउने सोचमा रहनुभएका उहाँले आगामी दिन गाईको गहुँत र गोबरसमेत बिक्री हुने आशा राख्नुभएको छ ।
सिङ्गो सुदूरपश्चिमका युवाको प्रतिनिधित्व गर्दै गाई पालनमा उदाहरणीय पात्र बन्नुभएकका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्मालगायतका जिल्लाका सरकारी र गैरसरकारी निकायलेसुभेच्छासमेत दिएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












