पैसाका निम्ति गाईपालेको होइन तर ‘सिस्टम बसाल्नु छ’

डोटी १६ फागृुन । रुचिकै कारण अठतीस वर्षका एक कानुन व्यवसायी गाईपालनतर्फ आकर्षित भएका छन् ।
कानुन व्यवसयसंगै काठमाडौँमा आठ वर्षसम्म एनजिओको जागिरे समेत हुनुभएका रवि श्रेष्ठले व्यावसायिक कृषक बन्ने चाहनाले नै दहचोकमा कुखुरापालन, बाख्रापालन, गाईपालन र तरकारीखेती समेत गर्दै आउनुभएको थियो ।
यसबाट सन्तुष्ठ नभएपछि उहाँले आफ्नै गृहजिल्ला डोटीमा गएर गाईपालन व्यवसाय सुरु गर्नुभएको हो । जिल्लाको समष्टिगत विकासका निम्ति आत्मनिर्भर हुन व्यवसाय गर्नुपर्छ भन्ने सोचले आफूले यस व्यवसाय अङ्गालेको श्रेष्ठले बताउनुभयो ।
राससको जिज्ञासामा उहाँले “आफ्नो बाल्यकालदेखिको रुचि कृषि व्यवसाय नै थियो तर समय र परिस्थितिले कानुन व्यवसायी र एनजिओकर्मी बनायो’’ उहाँले भन्नुभयो, “ रुडुक भन्ने संस्थामा जागिरे हुँदा डोटीलगायतका नेपालका धेरै ठाउँ घुम्दा व्यावसायिक रुपमा गरेका गाई, भैंँसी, बाख्रा, कुखुरापालनले त्यसैबेलादेखि नै मनमा डेरा जमाइसकेको थियो । अन्तत आफ्नै जन्मभूमि डोटीले आफूलाई यो व्यवसायतर्फ तानेको हो ।”
“व्यवसयका लागि डोटीमा प्रशस्त सम्भावना छन् तर यहाँ सिस्टम छैन । त्यसका निम्ति आफू नै अग्रसर भएको हूँ ।” श्रेष्ठले उल्लेख गर्नुभयो ।
डोटीमा गाईभँैसी, बाख्रा, कुखुरा नपाल्ने कोही छैनन् तर ती सबै निवार्हमुखी मात्रै बनेका छन् । खानकै लागि ऋण काढेर दुहुनो गाईभँैसी खोज्ने तर दुहुन छुटेपछि थोरै मूल्यमा बिक्री गर्ने, पुनः ऋण काढेर अर्को खोज्ने गर्नाले यहाँ झन गरिबी बढेको उहाँको भनाइ छ ।
कतिपय युवा यो पेसा गर्न अपठेरो मान्ने तर भारतलगायत खाडीमूलुकमा श्रम बेच्न जाने उनीहरुको कामको कुनै निश्चित छैन तर पनि जोखिमपूर्ण काम गर्न बाध्य बनेका छन् । आफ्ना लागि कमाएर खानका निम्ति जमिन नभएका कोही छैनन् तर सोच नै गरिब भएका कारण उनीहरु झन गरिब बन्दै गएको देखिन्छ भन्नुहुन्छ व्यवसायी श्रेष्ठ ।
करिब रु ३० लाखको लगानीमा सिलगढी नगरपालिका– ६ स्थित चिसापानी भन्ने ठाउँमा १६ वटा गाई पाल्नुभएका उहाँले प्रतिदिन ६० लिटरभन्दा बढी दूध बजारमा पठाउने गरेको र पाँच जनालाई रोजगारी पनि दिनुभएको छ । यस व्यवसायले सिलगढीमा दूधको आपूर्ति सहज भएको छ । भनेको समयमा यहाँका होटेल व्यवसायीले दूध पाएका छन् ।
डोटीमा अहिलेसम्म व्यावसायिक रुपमा गाईपालन नभएकाले बजारमा पनिर, चिज खोज्दा नपाइने गरेको तीतो यथार्थ समेत श्रेष्ठले सुनाउनुभयो ।
डोटीस्थित सेती प्राविधिक शिक्षालयको भेटनरी तर्फका विद्यार्थीका लागि रिसर्च सेन्टर बनाउने सोचमा रहनुभएका उहाँले आगामी दिन गाईको गहुँत र गोबरसमेत बिक्री हुने आशा राख्नुभएको छ ।
सिङ्गो सुदूरपश्चिमका युवाको प्रतिनिधित्व गर्दै गाई पालनमा उदाहरणीय पात्र बन्नुभएकका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्मालगायतका जिल्लाका सरकारी र गैरसरकारी निकायलेसुभेच्छासमेत दिएका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












