घरेलु प्रदर्शनीमा पाँच करोडको कारोबार
काठमाडौँ, १७ फागुन । घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी आज सकिएको छ ।
‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ नाराका साथ यही फागुन १२ गतेबाट सुरु भएको उक्त प्रदर्शनीमा रु पाँच करोडभन्दा बढीको कारोबार भएको छ । प्रदर्शनीको समापन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि यस्ता प्रदर्शनीबाट सहयोग पुग्ने बताउनुभयो ।
औद्योगिक उत्पादन वृद्धि गर्नका लागि उपयुक्त नीति आवश्यक भएको मन्त्री जोशीले बताउनुभयो । नेपालमा लघु घरेलु उद्योगको अत्यधिक सम्भावना भएको र यसका लागि लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
आगामी १० वर्षमा कोही नेपाली विदेशीन नपरोस् भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको मन्त्री जोशीले बताउनुभयो । साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्दै उपयुक्त प्रविधि प्रयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
समितिका अध्यक्ष दीपेन्द्र आचार्यले आर्थिक क्षेत्रमा कमजोर महिलाको जीवनस्तर उकास्नका लागि प्रदर्शनीबाट सहयोग पुगेको बताउनुभयो । समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायका अनुसार छ दिनसम्म चलेको सो मेलाको करिब तीन लाख व्यक्तिले अवलोकन गरेका थिए ।
विसं २०४२ देखि निरन्तर गरिँदै आएको सो प्रदर्शनीमा ७५ जिल्लाका साना तथा घरेलु उद्योगीले भाग लिँदै आएका छन् । यस पटकको प्रदर्शनीमा ७३ जिल्लाका ३०५ प्रदर्शनी कक्षमा मुलुकभरका उद्योगीले आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनीमा राखेका थिए ।
उत्कृष्ट उद्यमीलाई पुरस्कार
सो अवसरमा मेलामा उत्कृष्ट प्रदर्शन गरेका ५९ उद्यमीलाई पुरस्कृत गरिएको थियो । सर्वोत्कृष्ट एक जनालाई रु ३० हजार, उत्कृष्ट उद्यमी पुरस्कार १४ जनालाई जनही रु २० हजार, द्वितीय उद्यमी पुरस्कार १४ जनालाई जनही रु १० हजार तथा सान्त्वना पुरस्कार २२ जनालाई जनही रु पाँच हजार प्रदान गरिएको थियो ।
रोल्पाका लक्ष्मी डाँगीले सर्वोकृष्ट पुरस्कार, वस्तु समूहअन्तर्गत मोरङका दमन्ता कटुवाल, पश्मिना उनी समूहबाट मुगुका धममाया सिंह बुढा, कृषि तथा वन्यजन्य वस्तु समूहबाट इलामका सरद सुब्बा, प्राकृतिक रेशाजन्य समूहबाट दाङका निर्मलाकुमारी पुन, बाँस तथा निगालोजन्य समूहबाट धनकुटाका विमला राई, कलात्मक वस्तु समूहबाट धनकुटाकै चन्द्रबहादुर विश्वकर्मा र काष्ठकला समूहबाट दोलखाका चन्द्रबहादुर विक उत्कृष्ट भएका छन् ।
यस्तै उनी गलैँचा समूहबाट ओखलढुङ्गाका उमा गुरुङ, हाते कागज समूहबाट सोलुखुम्बुका वाङ्चु शेर्पा, खाद्य तथा पेयपदार्थ समूहबाट इलामका कमला बाँस्कोटा, छाला वस्तु समूहबाट सल्यानका टोपबहादुर नेपाली, विविध समूहबाट नवलपरासीका इनरकुमारी चौधरी, महिला उद्यमी समूहबाट पाँचथरका प्रतिमा पौडेल र लघु उद्यमी समूहबाट रुकुमका लव परियार उत्कृष्ट भएका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












