घरेलु प्रदर्शनीमा पाँच करोडको कारोबार
काठमाडौँ, १७ फागुन । घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी आज सकिएको छ ।
‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ नाराका साथ यही फागुन १२ गतेबाट सुरु भएको उक्त प्रदर्शनीमा रु पाँच करोडभन्दा बढीको कारोबार भएको छ । प्रदर्शनीको समापन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि यस्ता प्रदर्शनीबाट सहयोग पुग्ने बताउनुभयो ।
औद्योगिक उत्पादन वृद्धि गर्नका लागि उपयुक्त नीति आवश्यक भएको मन्त्री जोशीले बताउनुभयो । नेपालमा लघु घरेलु उद्योगको अत्यधिक सम्भावना भएको र यसका लागि लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
आगामी १० वर्षमा कोही नेपाली विदेशीन नपरोस् भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको मन्त्री जोशीले बताउनुभयो । साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्दै उपयुक्त प्रविधि प्रयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
समितिका अध्यक्ष दीपेन्द्र आचार्यले आर्थिक क्षेत्रमा कमजोर महिलाको जीवनस्तर उकास्नका लागि प्रदर्शनीबाट सहयोग पुगेको बताउनुभयो । समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायका अनुसार छ दिनसम्म चलेको सो मेलाको करिब तीन लाख व्यक्तिले अवलोकन गरेका थिए ।
विसं २०४२ देखि निरन्तर गरिँदै आएको सो प्रदर्शनीमा ७५ जिल्लाका साना तथा घरेलु उद्योगीले भाग लिँदै आएका छन् । यस पटकको प्रदर्शनीमा ७३ जिल्लाका ३०५ प्रदर्शनी कक्षमा मुलुकभरका उद्योगीले आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनीमा राखेका थिए ।
उत्कृष्ट उद्यमीलाई पुरस्कार
सो अवसरमा मेलामा उत्कृष्ट प्रदर्शन गरेका ५९ उद्यमीलाई पुरस्कृत गरिएको थियो । सर्वोत्कृष्ट एक जनालाई रु ३० हजार, उत्कृष्ट उद्यमी पुरस्कार १४ जनालाई जनही रु २० हजार, द्वितीय उद्यमी पुरस्कार १४ जनालाई जनही रु १० हजार तथा सान्त्वना पुरस्कार २२ जनालाई जनही रु पाँच हजार प्रदान गरिएको थियो ।
रोल्पाका लक्ष्मी डाँगीले सर्वोकृष्ट पुरस्कार, वस्तु समूहअन्तर्गत मोरङका दमन्ता कटुवाल, पश्मिना उनी समूहबाट मुगुका धममाया सिंह बुढा, कृषि तथा वन्यजन्य वस्तु समूहबाट इलामका सरद सुब्बा, प्राकृतिक रेशाजन्य समूहबाट दाङका निर्मलाकुमारी पुन, बाँस तथा निगालोजन्य समूहबाट धनकुटाका विमला राई, कलात्मक वस्तु समूहबाट धनकुटाकै चन्द्रबहादुर विश्वकर्मा र काष्ठकला समूहबाट दोलखाका चन्द्रबहादुर विक उत्कृष्ट भएका छन् ।
यस्तै उनी गलैँचा समूहबाट ओखलढुङ्गाका उमा गुरुङ, हाते कागज समूहबाट सोलुखुम्बुका वाङ्चु शेर्पा, खाद्य तथा पेयपदार्थ समूहबाट इलामका कमला बाँस्कोटा, छाला वस्तु समूहबाट सल्यानका टोपबहादुर नेपाली, विविध समूहबाट नवलपरासीका इनरकुमारी चौधरी, महिला उद्यमी समूहबाट पाँचथरका प्रतिमा पौडेल र लघु उद्यमी समूहबाट रुकुमका लव परियार उत्कृष्ट भएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












