एडिबिको सहयोगमा खानेपानी आयोजना
काठमाडौँ, १८ फागुन । एसियाली विकास बैँकको सहयोगमा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना २५ जिल्लामा सञ्चालन भएको छ ।
खानेपानी तथा ढल निकास विभागले एसियाली विकास बैँकको एक अर्ब २५ करोड ऋणमा २५ जिल्लामा आयोजना सञ्चालन गर्न लागेको हो । कार्यक्रम तनहुँ, इलाम, झापा, भोजपुर, सुनसरी, खोटाङ, उदयपुर, सिरहा, धनुषा, सर्लाही, दोलखा, नुवाकोट, रौतहट, चितवन, नवलपरासी, कपिलवस्तु, कास्की, रुकुम, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, बझाङ, डडेलधुरा र कञ्चनपुरमा सञ्चालन हुनेछ ।
विभागका उपसचिव अरुणकुमार सिम्खडाले ३० प्रतिशत जनश्रमदान र ७० प्रतिशत एसियाली विकास बैँकको सहयोगमा यो कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्य सहर र राजमार्गका बजारमा यो कार्यक्रम सञ्चालन हुनेछ ।”
खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सबै जनतालाई आधारभूत खानेपानी पु¥याउने उद्देश्यका लागि दातृ संस्थामार्फत क्रृण लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेको राससलाई जानकारी दिनुभयो । पहाडी क्षेत्रका बासिन्दाका लागि खोलाबाट मोटरले पानी तान्ने तथा तराईका बासिन्दाका लागि डिप ट्युवेलको व्यवस्था गरिएको बताउनुभयो ।
हाल ८५ प्रतिशत जनताले खानेपानीको उपयोग गरिरहेका छन् । सन् २०१७ को अन्त्यसम्म सबै नेपालीलाई आधारभूत खानेपानी पु¥याउने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको राज्यमन्त्री खड्काले बताउनुभयो ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











