एडिबिको सहयोगमा खानेपानी आयोजना
काठमाडौँ, १८ फागुन । एसियाली विकास बैँकको सहयोगमा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना २५ जिल्लामा सञ्चालन भएको छ ।
खानेपानी तथा ढल निकास विभागले एसियाली विकास बैँकको एक अर्ब २५ करोड ऋणमा २५ जिल्लामा आयोजना सञ्चालन गर्न लागेको हो । कार्यक्रम तनहुँ, इलाम, झापा, भोजपुर, सुनसरी, खोटाङ, उदयपुर, सिरहा, धनुषा, सर्लाही, दोलखा, नुवाकोट, रौतहट, चितवन, नवलपरासी, कपिलवस्तु, कास्की, रुकुम, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, बझाङ, डडेलधुरा र कञ्चनपुरमा सञ्चालन हुनेछ ।
विभागका उपसचिव अरुणकुमार सिम्खडाले ३० प्रतिशत जनश्रमदान र ७० प्रतिशत एसियाली विकास बैँकको सहयोगमा यो कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्य सहर र राजमार्गका बजारमा यो कार्यक्रम सञ्चालन हुनेछ ।”
खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सबै जनतालाई आधारभूत खानेपानी पु¥याउने उद्देश्यका लागि दातृ संस्थामार्फत क्रृण लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेको राससलाई जानकारी दिनुभयो । पहाडी क्षेत्रका बासिन्दाका लागि खोलाबाट मोटरले पानी तान्ने तथा तराईका बासिन्दाका लागि डिप ट्युवेलको व्यवस्था गरिएको बताउनुभयो ।
हाल ८५ प्रतिशत जनताले खानेपानीको उपयोग गरिरहेका छन् । सन् २०१७ को अन्त्यसम्म सबै नेपालीलाई आधारभूत खानेपानी पु¥याउने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको राज्यमन्त्री खड्काले बताउनुभयो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












