डा.श्रेष्ठद्वारा डेढ लाखभन्दा बढीको आर्थिक सहयोग
गुल्मी, १९ फागुन । गुल्मीको एक विद्यालयलाई एकै व्यक्तिबाट डेढ लाखभन्दा बढीको आर्थिक सहयोग प्राप्त भएको छ ।
बुटवलमा बसोबास गदै आउनुभएका डा प्रायश्चित श्रेष्ठले गुल्मीको जोहाङ–५ मा रहेको ज्ञानोदय निम्नमाविका लागि रु एक लाख ५५ हजार ५५५ प्रदान गर्नुभएको हो । दोलखा जिल्ला निवासी डा श्रेष्ठ लुम्बिनी अञ्चल अस्पतालका निवर्तमान अध्यक्षसमेत हुनुहुन्थ्यो ।
उक्त रकम श्रेष्ठले विद्यालयको स्वर्ण महोत्सवका अवसरमा प्रदान गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।
वरिष्ठ चन्दादाता डा श्रेष्ठलाई विद्यालयले स्वर्ण महोत्सवका अवसरमा प्रमुख अतिथि नेपाली काँगे्रसका केन्द्रीय एवम् गुल्मी क्षेत्र नं २ का सांसद चन्द्र भण्डारीले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।
त्यस्तै पाल्पाली समाज युएई समाजले विद्यालयमा अक्षयकोष स्थापनाका लागि रु पाँच लाख रकम हस्तान्तरण गरेको छ ।
गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न विद्यालयमा सो रकम अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गरेको छ । समाजले एक गाविस एक विद्यालयमा अक्षयकोष स्थापना गर्ने अभियानको दोस्रो चरणमा २० विद्यालयका लागि रु २५ हजारका दरले अक्षयकोष रकम हस्तान्तरण गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको शैक्षिक विकासमा टेवा पु¥याउन जिल्लाका ६० गाविसका ६० विद्यालयमा अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ समाज अगाडि बढेको महासचिव वेदप्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म २० गाविसका विद्यालयमा पुगेर अक्षयकोष रकम हस्तान्तरण गरिसकिएको छ ।
तीन चरणमा पूरा हुने गरी अक्षयकोष स्थापना अभियानमा प्रतिविद्यालय रु २५ हजारका दरले ६० विद्यालयमा १५ लाखको कोष स्थापना गर्ने समाजका खुमबहादुर आलेले बताउनुभयो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












