डा.श्रेष्ठद्वारा डेढ लाखभन्दा बढीको आर्थिक सहयोग
गुल्मी, १९ फागुन । गुल्मीको एक विद्यालयलाई एकै व्यक्तिबाट डेढ लाखभन्दा बढीको आर्थिक सहयोग प्राप्त भएको छ ।
बुटवलमा बसोबास गदै आउनुभएका डा प्रायश्चित श्रेष्ठले गुल्मीको जोहाङ–५ मा रहेको ज्ञानोदय निम्नमाविका लागि रु एक लाख ५५ हजार ५५५ प्रदान गर्नुभएको हो । दोलखा जिल्ला निवासी डा श्रेष्ठ लुम्बिनी अञ्चल अस्पतालका निवर्तमान अध्यक्षसमेत हुनुहुन्थ्यो ।
उक्त रकम श्रेष्ठले विद्यालयको स्वर्ण महोत्सवका अवसरमा प्रदान गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।
वरिष्ठ चन्दादाता डा श्रेष्ठलाई विद्यालयले स्वर्ण महोत्सवका अवसरमा प्रमुख अतिथि नेपाली काँगे्रसका केन्द्रीय एवम् गुल्मी क्षेत्र नं २ का सांसद चन्द्र भण्डारीले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।
त्यस्तै पाल्पाली समाज युएई समाजले विद्यालयमा अक्षयकोष स्थापनाका लागि रु पाँच लाख रकम हस्तान्तरण गरेको छ ।
गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न विद्यालयमा सो रकम अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गरेको छ । समाजले एक गाविस एक विद्यालयमा अक्षयकोष स्थापना गर्ने अभियानको दोस्रो चरणमा २० विद्यालयका लागि रु २५ हजारका दरले अक्षयकोष रकम हस्तान्तरण गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको शैक्षिक विकासमा टेवा पु¥याउन जिल्लाका ६० गाविसका ६० विद्यालयमा अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ समाज अगाडि बढेको महासचिव वेदप्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म २० गाविसका विद्यालयमा पुगेर अक्षयकोष रकम हस्तान्तरण गरिसकिएको छ ।
तीन चरणमा पूरा हुने गरी अक्षयकोष स्थापना अभियानमा प्रतिविद्यालय रु २५ हजारका दरले ६० विद्यालयमा १५ लाखको कोष स्थापना गर्ने समाजका खुमबहादुर आलेले बताउनुभयो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












