इन्धनमा चरम कालाबजारी
गाईघाट (उदयपुर), १९ फागुन । केही दिनदेखि डिजेल तथा पेट्रोलको वितरण असहज बन्दै जान थालेपछि उदयपुरको सदरमुकाम गाईघाट बजारलगायतका क्षेत्रमा तेलको कालाबजारी बढ्दै जान थालेको छ ।
जिल्लाको सदरमुकाम गाईघाटलगायत नगर क्षेत्रमा चारवटा पेट्रोल पम्पबाट तेल वितरण गरिने भनेपनि अधिकांश पम्पले ट्याङ्करबाट ढुवानी भएका तेल आधामात्र वितरण गर्ने र धेरै लुकाउने गरेपछि अहिले तेलको कालाबजारी बढ्दै जान थालेको एक स्थानीयवासी कृष्ण खड्काले बताउनुभयो ।
एकातिर पम्पले कोटामा आएका तेल पूरा वितरण नगर्ने गरेपछि बजार क्षेत्रका केही पसलबाट बोतलमा लुकाएर राखिएका डिजेल तथा पेट्र«ोल प्रतिलिटर रु १५० सम्ममा बिक्री गरेर कालाबजारी गर्न थालेको अर्का स्थानीय विजय श्रेष्ठले बताउनुभयो ।
गाईघाटमा रहेका पेट्रोल पम्प ऊर्जा, कालिका, रियाज, गल्फले पम्पमा तेल लुकाएर ठूला व्यवसायी र अन्य आफन्तलाई मात्र वितरण गर्ने गरेको कारण सर्वसाधारणले भने छ घन्टासम्म पनि लाइनमा बसेर तेल पाउन नसकेको पीडित ग्राहक बताउँछन् ।
यता पम्पले खुल्लमखुल्ला तेल लुकाउने र बाहिर अभाव भएको अवस्थामा बोतलमा लुकाइएका तेल महँगो मूल्यमा कालाबजारीमा बिक्री हुने गरेको कारण पम्प सञ्चालकनै कालाबजारी धन्दामा संलग्न भएको एक पीडित ग्राहक किशोर चौधरीले बताउनुभयो ।
चौधरीले भन्नुभयो, “बिहानदेखि दिनको १२ बजेसम्म पनि लाइनमा बस्दा तेल पाइँदैन, बाहिर भने महँगो मूल्यमा लुकीलुकी पसल तथा ग्यारेजमा महँगो मूल्यमा किन्न पाइन्छ, यो कालाबजारी नै हो र यसमा पम्प सञ्चालक पनि संलग्न छन् ।”
यता जिल्लाका पत्रकार तथा सञ्चारकर्मीले समेत पम्पमा तेल नपाउने र सीमित तेलको कोटासमेत पत्रकारलाई स्थानीय प्रशासनले व्यवस्थापन गर्ने नगरेको कारण पत्रकारले समेत तेलको समस्या भोग्न परेको पत्रकारले गुनासो गरेका छन् ।
यस विषयमा उदयपुरका कामु प्रमुख जिल्ला अधिकारी प्रकाशजङ्ग कार्कीसँग सम्पर्क गर्दा आफूहरुले पम्पमा सबैलाई तेल वितरण गर्न भनेको र अनुगमन पनि गरिने बताउनुभयो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












