इन्धनमा चरम कालाबजारी
गाईघाट (उदयपुर), १९ फागुन । केही दिनदेखि डिजेल तथा पेट्रोलको वितरण असहज बन्दै जान थालेपछि उदयपुरको सदरमुकाम गाईघाट बजारलगायतका क्षेत्रमा तेलको कालाबजारी बढ्दै जान थालेको छ ।
जिल्लाको सदरमुकाम गाईघाटलगायत नगर क्षेत्रमा चारवटा पेट्रोल पम्पबाट तेल वितरण गरिने भनेपनि अधिकांश पम्पले ट्याङ्करबाट ढुवानी भएका तेल आधामात्र वितरण गर्ने र धेरै लुकाउने गरेपछि अहिले तेलको कालाबजारी बढ्दै जान थालेको एक स्थानीयवासी कृष्ण खड्काले बताउनुभयो ।
एकातिर पम्पले कोटामा आएका तेल पूरा वितरण नगर्ने गरेपछि बजार क्षेत्रका केही पसलबाट बोतलमा लुकाएर राखिएका डिजेल तथा पेट्र«ोल प्रतिलिटर रु १५० सम्ममा बिक्री गरेर कालाबजारी गर्न थालेको अर्का स्थानीय विजय श्रेष्ठले बताउनुभयो ।
गाईघाटमा रहेका पेट्रोल पम्प ऊर्जा, कालिका, रियाज, गल्फले पम्पमा तेल लुकाएर ठूला व्यवसायी र अन्य आफन्तलाई मात्र वितरण गर्ने गरेको कारण सर्वसाधारणले भने छ घन्टासम्म पनि लाइनमा बसेर तेल पाउन नसकेको पीडित ग्राहक बताउँछन् ।
यता पम्पले खुल्लमखुल्ला तेल लुकाउने र बाहिर अभाव भएको अवस्थामा बोतलमा लुकाइएका तेल महँगो मूल्यमा कालाबजारीमा बिक्री हुने गरेको कारण पम्प सञ्चालकनै कालाबजारी धन्दामा संलग्न भएको एक पीडित ग्राहक किशोर चौधरीले बताउनुभयो ।
चौधरीले भन्नुभयो, “बिहानदेखि दिनको १२ बजेसम्म पनि लाइनमा बस्दा तेल पाइँदैन, बाहिर भने महँगो मूल्यमा लुकीलुकी पसल तथा ग्यारेजमा महँगो मूल्यमा किन्न पाइन्छ, यो कालाबजारी नै हो र यसमा पम्प सञ्चालक पनि संलग्न छन् ।”
यता जिल्लाका पत्रकार तथा सञ्चारकर्मीले समेत पम्पमा तेल नपाउने र सीमित तेलको कोटासमेत पत्रकारलाई स्थानीय प्रशासनले व्यवस्थापन गर्ने नगरेको कारण पत्रकारले समेत तेलको समस्या भोग्न परेको पत्रकारले गुनासो गरेका छन् ।
यस विषयमा उदयपुरका कामु प्रमुख जिल्ला अधिकारी प्रकाशजङ्ग कार्कीसँग सम्पर्क गर्दा आफूहरुले पम्पमा सबैलाई तेल वितरण गर्न भनेको र अनुगमन पनि गरिने बताउनुभयो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












