एमालेको दादागिरी कहिलेसम्म ? नौ वर्षसम्ममा पनि बनेन पुल
मोरङ,२४ फागुन । नेकपा एमालेको लगातार अवरोधले गर्दा हुलाकी राजमार्गको महत्वपूर्ण पुलको निर्माण कार्य नौ वर्षमा पनि सम्पन्न हुन सकेको छैन ।
हुलाकी राजमार्गमा मोरङ र झापा जिल्लालाई जोड्ने रतुवा नदीमा २०६५ सालदेखि निर्माणाधीन दुई सय नौं मिटरको लामो पुल आधा बनेर वर्षौदेखि बेवारिसे छ ।
मोरङ क्षेत्र नं १ का एमाले सांसद रिषि पोखरेल, झापा क्षेत्र नं ६ का सांसद् दिपक कार्की र विराटनगरमा गुण्डागर्दीको आरोप खेप्ने एमालेका युवा नेता परशुराम बस्नेत लगायतको अवरोधले गर्दा नौ वर्षमा पनि सो पुल बन्न नसकेको स्थानीय नेताहरुले आरोप लगाएका छन् ।
‘एमाले नेताहरुले बजेट भागबन्डाको चक्करमा पुल निर्माणमा अवरोध नगरेको भए रतुवा खोलाको पुल उहिल्यै बनिसक्थ्यो’– नेपाली कांग्रेसका स्थानीय नेता गिरिजा यादवले भने,– ‘एमाले अवरोध कै कारण सरकार र परियोजना प्रमुखले पनि समयमा निर्माण कार्य सम्पन्न गर्न चासो दिएनन् ।’
मोरङतिर क्षेत्र नं १ महादेवा चौकीघाट र झापातिर क्षेत्र नं ६ बालुगाउँ जोड्ने पुल एमाले नेताहरुको गतिलो कमिशन र कमाउधन्धा बनेर अलपत्र परेपछि स्थानीय आक्रोश चुलिएको छ । हुलाकी राजमार्ग अन्तर्गत पर्ने रतुवा खोलामा वर्षायाममा पानी बढेपछि स्थानीयलाई आउजाउ गर्न निकै नै सास्ती हुने गरेको छ ।
‘निर्माण कार्य सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र ठेकेदार कम्पनीमा थुप्रै पटक डेलिगेन लिएर जाँदा पनि सुनुवाई भएन’– संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष उदय यादवले न्युज-नेपालसँग भने ।
समयमै निर्माण कार्य सम्पन्न गर्न सरकारी नियत पनि ठीक नदेखिएको र कमिशनको खेलले आयोजना अधूरै रहेको उनले गुनासो गरे ।
नौ वर्षअघि अच्युत पाण्डेको कालिका कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएर काम सुरु गरेपनि एमाले नेताहरुले पुलको भागबन्डा र कमिशन मागेर हैरान गरेपछि कालिकाले गौरी पार्वती कन्स्ट्रक्सन प्रालिलाई निर्माण ठेक्का बेचेर हिडेको थियो ।
गौरी पार्वती कम्पनीलाई पनि कालिका जस्तै कमिशन मागेर दिक्क बनाएपछि निर्माण कार्य बर्षौदेखि ठप्प छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












