एमालेको दादागिरी कहिलेसम्म ? नौ वर्षसम्ममा पनि बनेन पुल
मोरङ,२४ फागुन । नेकपा एमालेको लगातार अवरोधले गर्दा हुलाकी राजमार्गको महत्वपूर्ण पुलको निर्माण कार्य नौ वर्षमा पनि सम्पन्न हुन सकेको छैन ।
हुलाकी राजमार्गमा मोरङ र झापा जिल्लालाई जोड्ने रतुवा नदीमा २०६५ सालदेखि निर्माणाधीन दुई सय नौं मिटरको लामो पुल आधा बनेर वर्षौदेखि बेवारिसे छ ।
मोरङ क्षेत्र नं १ का एमाले सांसद रिषि पोखरेल, झापा क्षेत्र नं ६ का सांसद् दिपक कार्की र विराटनगरमा गुण्डागर्दीको आरोप खेप्ने एमालेका युवा नेता परशुराम बस्नेत लगायतको अवरोधले गर्दा नौ वर्षमा पनि सो पुल बन्न नसकेको स्थानीय नेताहरुले आरोप लगाएका छन् ।
‘एमाले नेताहरुले बजेट भागबन्डाको चक्करमा पुल निर्माणमा अवरोध नगरेको भए रतुवा खोलाको पुल उहिल्यै बनिसक्थ्यो’– नेपाली कांग्रेसका स्थानीय नेता गिरिजा यादवले भने,– ‘एमाले अवरोध कै कारण सरकार र परियोजना प्रमुखले पनि समयमा निर्माण कार्य सम्पन्न गर्न चासो दिएनन् ।’
मोरङतिर क्षेत्र नं १ महादेवा चौकीघाट र झापातिर क्षेत्र नं ६ बालुगाउँ जोड्ने पुल एमाले नेताहरुको गतिलो कमिशन र कमाउधन्धा बनेर अलपत्र परेपछि स्थानीय आक्रोश चुलिएको छ । हुलाकी राजमार्ग अन्तर्गत पर्ने रतुवा खोलामा वर्षायाममा पानी बढेपछि स्थानीयलाई आउजाउ गर्न निकै नै सास्ती हुने गरेको छ ।
‘निर्माण कार्य सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र ठेकेदार कम्पनीमा थुप्रै पटक डेलिगेन लिएर जाँदा पनि सुनुवाई भएन’– संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष उदय यादवले न्युज-नेपालसँग भने ।
समयमै निर्माण कार्य सम्पन्न गर्न सरकारी नियत पनि ठीक नदेखिएको र कमिशनको खेलले आयोजना अधूरै रहेको उनले गुनासो गरे ।
नौ वर्षअघि अच्युत पाण्डेको कालिका कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएर काम सुरु गरेपनि एमाले नेताहरुले पुलको भागबन्डा र कमिशन मागेर हैरान गरेपछि कालिकाले गौरी पार्वती कन्स्ट्रक्सन प्रालिलाई निर्माण ठेक्का बेचेर हिडेको थियो ।
गौरी पार्वती कम्पनीलाई पनि कालिका जस्तै कमिशन मागेर दिक्क बनाएपछि निर्माण कार्य बर्षौदेखि ठप्प छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












