एक वर्षमा ७ लाख ग्राहक पुर्याउने लक्ष्यसहित प्रभु समूहले किन्यो सीम टीभीको स्वामित्व
काठमाडौं । एक वर्षमा ७ लाख ग्राहक पुर्याउने लक्ष्यसहित प्रभु समूहले डिजिटल टीभी सेवा प्रदायक सीम टीभीको स्वामित्व प्रभु समूहले खरिद गरेको छ ।
सीम टीभी नेपालका नाममा कारोबार गर्दै आएको सिम्पल मिडिया नेटवर्कको नेपाली लगानीकर्ताको स्वामित्व प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले खरिद गरेका हुन् ।
सीम टीभीमा ८० प्रतिशत बिदेशी र २० प्रतिशत नेपालीको लगानी थियो । अनालग प्रणालीमा संचालित केवल टेलिभिजनलाई डिजिटल प्रणालीमा लैजान सरकारले समयसीमा तोकेसँगै सिम्पल मिडिया नेटवर्कले मल्टि सर्भिस अपरेटरको लाइसेन्स लिई दुई बर्ष अगाडि कारोबार सुरु गरेको थियो ।
साझेदारहरुबीचको बिबादकाबीच कम्पनी ठूलो नोक्सानीमा गएपछि नेपाली लगानीकर्ताको सेयर प्रभु समूहले किनेको हो ।
ब्यबस्थापन परिवर्तनसँगै प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचन सीम टीभीको अध्यक्ष भएका छन् । प्रभु समूहले ब्यबस्थापन जिम्मा लिएसँगै आक्रामक बजार विस्तारको तयारी भइरहेको सीम टीभीका महाप्रबन्धक दक्ष पौडेलले जानकारी दिए ।
‘आन्तरिक समस्याका कारण सीम टीभी बिचमा केही सुस्ताएको थियो, तर अब हामी आएसँगै यसलाई आक्रामक रुपमा लैजाने तयारी गरिरहेका छौं’ महाप्रबन्धक पौडेलले भने(‘नेपाललाई डिजिटलाइजेसन गर्ने प्रक्रियामा सीम टीभी पहिलो नम्बरमा रहने छ ।’
मल्टि सर्भिस अपरेटर भएकाले सीम टीभीले आफै सिधै ग्राहकसँग डील गर्दैन । सीम टीभीले टेलिभिजन च्यानलसँग कन्टेन्ट खरिद गरी मौजुदा केवल अपरेटरसँग साझेदारी गर्दै ग्राहकलाई निःशुल्क सेट टप बक्स बितरण गरी एनालग प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तर गर्दछ ।
सीम टीभीका काठमाण्डौ, पोखरा, दाङ, बीरगञ्ज लगायतका स्थानमा करिव तीन लाख ग्राहक रहेको जानकारी दिँदै पौडेलले आगामी एक बर्षमा ७ लाख ग्राहक पुर्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।
त्यसका लागि मौजुदा केवल अपरेटरको सेवालाई चुस्त बनाउँदै नयाँ अपरेटरलाई समेत सञ्जालमा जोडने र रिचार्ज कार्डलाई सर्वसुलभ बनाउने गृहकार्य भइरहेको उनले बताए ।
टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा अपग्रेड गर्न सरकारले दिएको समयसीमा अब दुई महिना पनि बाँकी नभएकोले धेरैभन्दा धेरै ग्राहकसम्म पुग्न तिब्ररुपमा काम भइरहेको उनले जानकारी दिए ।
टेलिभिजन केवलमार्फत् नै इन्टरनेटसमेत उपलब्ध गराउने मिल्ने यो प्रबिधिका लागि सीम टीभीले इन्टरनेट सेवा प्रदान गर्ने लाइसेन्ससमेत लिएको छ । छिटै इन्टरनेट सेवासमेत सुरु गर्ने महाप्रबन्धक पौडेलले जानकारी दिए ।
त्यसैगरी सीम टीभीका अध्यक्ष रहेका भट्टचन डाइरेक्ट टु होम ‘डीटीएच’ प्रबिधिमा संचालित डीस होमको पनि अध्यक्ष छन् । संयोग नै मान्नुपर्छ, डीस होममा बिदेशी लगानीकर्ता रहेको चिनियाँ परिवारले नै सीम टीभीमा ८० प्रतिशत लगानी गरेको छ ।
डीस होम र सीम टीभीबीच बजारमा ब्यबसायिक प्रतिस्पर्धा चलिरहेको बेला विदेशी साझेदार, कम्पनीका अध्यक्ष र स्थानीय साझेदारसमेत दुवै कम्पनीमा साझा छन् ।
‘झट्ट हेर्दा उस्तै देखिए पनि दुई कम्पनीका लक्षित ग्राहक फरकफरक छन्’ पौडेलले भनेलगानीकर्ता एउटै हुनुले दुवै कम्पनीको बिजनेसमा कुनै असर पर्दैन ।’
लाखौं नेपालीले अहिले पनि केवलमार्फत् टीभी हेरिरहेको हुँदा त्यो ठूलो बजार हिस्सालाई डीटीएचले मात्र कभर गर्न नसक्ने यथार्थलाई बुझेर सीम टीभीको स्वामित्व खरिद गरिएको पौडेले बताए ।
प्रभु मनी ट्रान्सफरमार्फत् ब्यबसायिक यात्रा थालेको प्रभु समूहले हाल प्रभु बैंक, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, प्रभु हेलिकोप्टर, सिम्रिक एयर, डीस होम लगायतमा लगानी गरेको छ ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











