एक वर्षमा ७ लाख ग्राहक पुर्याउने लक्ष्यसहित प्रभु समूहले किन्यो सीम टीभीको स्वामित्व
काठमाडौं । एक वर्षमा ७ लाख ग्राहक पुर्याउने लक्ष्यसहित प्रभु समूहले डिजिटल टीभी सेवा प्रदायक सीम टीभीको स्वामित्व प्रभु समूहले खरिद गरेको छ ।
सीम टीभी नेपालका नाममा कारोबार गर्दै आएको सिम्पल मिडिया नेटवर्कको नेपाली लगानीकर्ताको स्वामित्व प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले खरिद गरेका हुन् ।
सीम टीभीमा ८० प्रतिशत बिदेशी र २० प्रतिशत नेपालीको लगानी थियो । अनालग प्रणालीमा संचालित केवल टेलिभिजनलाई डिजिटल प्रणालीमा लैजान सरकारले समयसीमा तोकेसँगै सिम्पल मिडिया नेटवर्कले मल्टि सर्भिस अपरेटरको लाइसेन्स लिई दुई बर्ष अगाडि कारोबार सुरु गरेको थियो ।
साझेदारहरुबीचको बिबादकाबीच कम्पनी ठूलो नोक्सानीमा गएपछि नेपाली लगानीकर्ताको सेयर प्रभु समूहले किनेको हो ।
ब्यबस्थापन परिवर्तनसँगै प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचन सीम टीभीको अध्यक्ष भएका छन् । प्रभु समूहले ब्यबस्थापन जिम्मा लिएसँगै आक्रामक बजार विस्तारको तयारी भइरहेको सीम टीभीका महाप्रबन्धक दक्ष पौडेलले जानकारी दिए ।
‘आन्तरिक समस्याका कारण सीम टीभी बिचमा केही सुस्ताएको थियो, तर अब हामी आएसँगै यसलाई आक्रामक रुपमा लैजाने तयारी गरिरहेका छौं’ महाप्रबन्धक पौडेलले भने(‘नेपाललाई डिजिटलाइजेसन गर्ने प्रक्रियामा सीम टीभी पहिलो नम्बरमा रहने छ ।’
मल्टि सर्भिस अपरेटर भएकाले सीम टीभीले आफै सिधै ग्राहकसँग डील गर्दैन । सीम टीभीले टेलिभिजन च्यानलसँग कन्टेन्ट खरिद गरी मौजुदा केवल अपरेटरसँग साझेदारी गर्दै ग्राहकलाई निःशुल्क सेट टप बक्स बितरण गरी एनालग प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तर गर्दछ ।
सीम टीभीका काठमाण्डौ, पोखरा, दाङ, बीरगञ्ज लगायतका स्थानमा करिव तीन लाख ग्राहक रहेको जानकारी दिँदै पौडेलले आगामी एक बर्षमा ७ लाख ग्राहक पुर्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।
त्यसका लागि मौजुदा केवल अपरेटरको सेवालाई चुस्त बनाउँदै नयाँ अपरेटरलाई समेत सञ्जालमा जोडने र रिचार्ज कार्डलाई सर्वसुलभ बनाउने गृहकार्य भइरहेको उनले बताए ।
टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा अपग्रेड गर्न सरकारले दिएको समयसीमा अब दुई महिना पनि बाँकी नभएकोले धेरैभन्दा धेरै ग्राहकसम्म पुग्न तिब्ररुपमा काम भइरहेको उनले जानकारी दिए ।
टेलिभिजन केवलमार्फत् नै इन्टरनेटसमेत उपलब्ध गराउने मिल्ने यो प्रबिधिका लागि सीम टीभीले इन्टरनेट सेवा प्रदान गर्ने लाइसेन्ससमेत लिएको छ । छिटै इन्टरनेट सेवासमेत सुरु गर्ने महाप्रबन्धक पौडेलले जानकारी दिए ।
त्यसैगरी सीम टीभीका अध्यक्ष रहेका भट्टचन डाइरेक्ट टु होम ‘डीटीएच’ प्रबिधिमा संचालित डीस होमको पनि अध्यक्ष छन् । संयोग नै मान्नुपर्छ, डीस होममा बिदेशी लगानीकर्ता रहेको चिनियाँ परिवारले नै सीम टीभीमा ८० प्रतिशत लगानी गरेको छ ।
डीस होम र सीम टीभीबीच बजारमा ब्यबसायिक प्रतिस्पर्धा चलिरहेको बेला विदेशी साझेदार, कम्पनीका अध्यक्ष र स्थानीय साझेदारसमेत दुवै कम्पनीमा साझा छन् ।
‘झट्ट हेर्दा उस्तै देखिए पनि दुई कम्पनीका लक्षित ग्राहक फरकफरक छन्’ पौडेलले भनेलगानीकर्ता एउटै हुनुले दुवै कम्पनीको बिजनेसमा कुनै असर पर्दैन ।’
लाखौं नेपालीले अहिले पनि केवलमार्फत् टीभी हेरिरहेको हुँदा त्यो ठूलो बजार हिस्सालाई डीटीएचले मात्र कभर गर्न नसक्ने यथार्थलाई बुझेर सीम टीभीको स्वामित्व खरिद गरिएको पौडेले बताए ।
प्रभु मनी ट्रान्सफरमार्फत् ब्यबसायिक यात्रा थालेको प्रभु समूहले हाल प्रभु बैंक, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, प्रभु हेलिकोप्टर, सिम्रिक एयर, डीस होम लगायतमा लगानी गरेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












