शेखर गोल्छाको टिमबाट चन्द्र ढकाल एसोसिएट उपाध्यक्षको उमेद्वार बन्ने
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५१ औं साधारण र निर्वाचन कार्यक्रममा सबैभन्दा बढि चर्चामा रहेको एसोसिएट तर्फको उपाध्यक्षमा शेखर गोल्छाको टिमबाट चन्द्र ढकाल उमेद्वार बन्ने पक्का भएको छ ।
यसअघि ज्ञानेन्द्रलाल प्रधान र चन्द्र ढकालमध्ये कसलाई उमेद्वार बनाउने भन्ने अन्योलमा रहेकोमा लामो प्रयास पछि चन्द्र ढकालको नाममा टुङगो लागेको हो ।
त्यसैगरी ज्ञानेन्द्रलाल प्रधानलाई कोषध्यक्षको उमेद्वार बनाउने टुङ्गो लागेको छ । ‘मलाई कोषध्यक्ष र चन्द्र जीलाई उपाध्याक्ष बनाउनेगरी टुङ्गीएको छ, न्युज-नेपालसँगसँग कुरागर्दै प्रधानले भने ।
ढकाल को हुन् ?
पछिल्लो समय व्यवसायमा राम्रो प्रगति गरेका ढकाल रेमिट्यान्स कम्पनी आइएमइबाट १७ वर्षअघि व्यवसाय सुरु गरेका हुन् । आइएमइ रेमिट्यान्स मुलुकको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनीमध्ये पर्छ ।
त्यतिमात्र होइन, ढकाल ग्लोबल आइएमइ बैंकका अध्यक्ष पनि हुन् । त्यसैगरी, चन्द्रागिरी केवलकारका अध्यक्ष पनि उनै ढकाल हुन् । उनको लगानीमा बागलुङमा एउटा हाइड्रोपावर पनि निर्माण भइरहेको छ ।
पछिल्लो समय सेवा व्यवसाय जमेका ढकाललाई सरकारले इन्डोनेसियाका लागि नेपाली महावाणिज्यदूतसमेत बनाएको छ
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












