शैक्षिक, धार्मिक महोत्सवमा रु साठी लाख सङ्कलन
इलाम, ४ चैत । इलामको सूर्योदय नगरपालिकास्थित करफोकमा सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सवमा रु ६० लाख सहयोग सङ्कलन भएको छ ।
महोत्सवमा दाताले रु १० हजारदेखि तीन लाखसम्म दान गरेका थिए । रु एक करोड सङ्कलन गर्ने उद्देश्यले सुरु गरिएको महोत्सवमा सो बराबरको सहयोग भने सङ्कलन नभएको आयोजकका जीवन नेपालले जानकारी दिनुभयो । विसं २००७ देखि सुरु भएको करफोकलाई पूर्वकै नमुना शैक्षिकस्थल बनाउने उद्देश्यका साथ गत हप्ता सप्ताहव्यापी करफोक शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवबाट उठेको रकमबाट अत्याधुनिक भवन, सभाहल, खाजा घर, प्रयोगशाला, सङ्गीत प्रशिक्षण केन्द्र स्टुडियो, बगैँचा, पुस्तकालय, खेलमैदान, आकर्षक कक्षाकोठा निर्माण गरिने क्याम्पस प्रमुख जहरसिंह राईले जानकारी दिनुभयो ।
एकसय एक द्वन्द्वपीडित बालबालिकालाई सहयोग
जिल्ला बालकल्याण समिति, इलामले सशस्त्र द्वन्द्वबाट प्रभावित एकसय एकजना बालबालिकालाई विभिन्न सहयोग गरेको छ । समितिले सञ्चालन गरेको द्वन्द्वबाट प्रभावित बालबालिकाको पुनःस्थापना तथा पुनः एकीकरण परियोजनाअन्तर्गत एक वर्षमा शैक्षिक सहयोग, स्वास्थ्य तथा पोषण सहयोग, जीविकोपार्जन, कानुनी सहयोग, मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको हो ।
एक वर्षदेखि इलाममा सञ्चालित परियोजनाले पहिलो वर्ष ५३ जना बालबालिकालाई शैक्षिक सहयोगबापत रु तीन लाख छ हजार प्रदान गरेको छ जसमा २८ बालक र २५ बालिका रहेको परियोजना अधिकृत लक्ष्मी कँडेलले जानकारी दिनुभयो ।
त्यसैगरी, २७ पुरुष र ११ महिलालाई आयआर्जन तथा जीविकोपार्जनका लागी रु पाँच लाख २४ हजार पाँचसय, स्वास्थ्य सहयोगबापत चारजनालाई रु ३२ हजार, वैकल्पिक स्याहारका लागि दुई पुरूष र चार महिलालाई रु १५ हजार, जोखिममा परेका पाँच बालबालिकाका लागि रु २१ हजार सहयोग रकम प्रदान गरिएको कँडेलले बताउनुभयो ।
द्वन्द्वपीडित बालबालिकालाई समाजमा पुनःस्थापना गर्नका लागि जिल्लाका दानाबारी, सूर्योदय इलाम र देउमाई नगरपालिकाका ७४ जना बालबालिकालाई मनोविमर्श सेवा प्रदान गरेको परियोजनाले जनाएको छ ।
आगामी २०७४ असारसम्म सञ्चालन हुने परियोजनाका लागि इलाममा विनियोजित रु १७ लाखमध्ये हालसम्म १५ लाख ९३ हजार खर्च भइसकेको परियोजनाले जनाएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












