शैक्षिक, धार्मिक महोत्सवमा रु साठी लाख सङ्कलन
इलाम, ४ चैत । इलामको सूर्योदय नगरपालिकास्थित करफोकमा सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सवमा रु ६० लाख सहयोग सङ्कलन भएको छ ।
महोत्सवमा दाताले रु १० हजारदेखि तीन लाखसम्म दान गरेका थिए । रु एक करोड सङ्कलन गर्ने उद्देश्यले सुरु गरिएको महोत्सवमा सो बराबरको सहयोग भने सङ्कलन नभएको आयोजकका जीवन नेपालले जानकारी दिनुभयो । विसं २००७ देखि सुरु भएको करफोकलाई पूर्वकै नमुना शैक्षिकस्थल बनाउने उद्देश्यका साथ गत हप्ता सप्ताहव्यापी करफोक शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवबाट उठेको रकमबाट अत्याधुनिक भवन, सभाहल, खाजा घर, प्रयोगशाला, सङ्गीत प्रशिक्षण केन्द्र स्टुडियो, बगैँचा, पुस्तकालय, खेलमैदान, आकर्षक कक्षाकोठा निर्माण गरिने क्याम्पस प्रमुख जहरसिंह राईले जानकारी दिनुभयो ।
एकसय एक द्वन्द्वपीडित बालबालिकालाई सहयोग
जिल्ला बालकल्याण समिति, इलामले सशस्त्र द्वन्द्वबाट प्रभावित एकसय एकजना बालबालिकालाई विभिन्न सहयोग गरेको छ । समितिले सञ्चालन गरेको द्वन्द्वबाट प्रभावित बालबालिकाको पुनःस्थापना तथा पुनः एकीकरण परियोजनाअन्तर्गत एक वर्षमा शैक्षिक सहयोग, स्वास्थ्य तथा पोषण सहयोग, जीविकोपार्जन, कानुनी सहयोग, मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको हो ।
एक वर्षदेखि इलाममा सञ्चालित परियोजनाले पहिलो वर्ष ५३ जना बालबालिकालाई शैक्षिक सहयोगबापत रु तीन लाख छ हजार प्रदान गरेको छ जसमा २८ बालक र २५ बालिका रहेको परियोजना अधिकृत लक्ष्मी कँडेलले जानकारी दिनुभयो ।
त्यसैगरी, २७ पुरुष र ११ महिलालाई आयआर्जन तथा जीविकोपार्जनका लागी रु पाँच लाख २४ हजार पाँचसय, स्वास्थ्य सहयोगबापत चारजनालाई रु ३२ हजार, वैकल्पिक स्याहारका लागि दुई पुरूष र चार महिलालाई रु १५ हजार, जोखिममा परेका पाँच बालबालिकाका लागि रु २१ हजार सहयोग रकम प्रदान गरिएको कँडेलले बताउनुभयो ।
द्वन्द्वपीडित बालबालिकालाई समाजमा पुनःस्थापना गर्नका लागि जिल्लाका दानाबारी, सूर्योदय इलाम र देउमाई नगरपालिकाका ७४ जना बालबालिकालाई मनोविमर्श सेवा प्रदान गरेको परियोजनाले जनाएको छ ।
आगामी २०७४ असारसम्म सञ्चालन हुने परियोजनाका लागि इलाममा विनियोजित रु १७ लाखमध्ये हालसम्म १५ लाख ९३ हजार खर्च भइसकेको परियोजनाले जनाएको छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












