कालीगण्डकी करिडोर निर्माणले जलयात्रा प्रभावित बन्दै
पर्वत ८ चैत । कालीगण्डकी करिडोर निर्माण कार्यका कारण जलयात्रा प्रभावित बनेको छ ।
करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुङ्गा, माटो नदीमा खस्ने क्रम नरोकिएपछि जलयात्रा प्रभावित बनेको हो । नदी माथिको बागलुङ क्षेत्रबाट करिडोर निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको छ । सडक निर्माणका कारण जलयात्राका लागि कालीगण्डकी पुगेका स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् ।
करिडोर निर्माणका क्रममा नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान फुटाउँदा नदीको बीच भागसम्म नै ढुङ्गा आउने गरेको छ । ढुङ्गा नदीमाआएपछि जलयात्रा गर्न जोखिमपूर्ण रहेको नेपाल ¥याफ्टिङ एसोसिएन एजेन्सी ‘नारा’ पश्चिमाञ्चलका अध्यक्ष मीनबहादुर मगरले बताउनुभयो ।
पर्वतको कुश्मा नगरपालिका– १ नयाँ पुलबाट सुरु हुने जलयात्रामा कालीगण्डकी नदीको मोदीवेणी खण्डसम्म सहज रुपमा जलयात्रा सञ्चालन हुँदैआएको छ । तर मोदीवेणीदेखि पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीसम्मको भागमा वलयात्रा जोखिम रहेको नाराका सदस्य देव रेग्मीले बताउनुभयो ।
“अघिल्लो याममा पटक/पटक अनुरोध गरेपछि ब्लास्टिङ कार्य रोकेर जलयात्रा गरेका थियौँ,” उहाँले भन्नुभयो । अहिलेको याममा सहज रुपमा जलयात्रा सञ्चालन गर्न अन्योल भएको छ । करिडोर निर्माण गर्ने निकायले समयको व्यवस्थापन गरेर निर्माण कार्य सञ्चालन गरे मात्र यात्राको जोखिम घट्ने उहाँको भनाइ छ ।
चालु आवदेखि जिल्ला विकास समिति पर्वतले जलयात्रा व्यवसायमा कर प्रणाली लागू गरेपनि त्यसको व्यवस्थापनमा ध्यान नदिएकाले कर सङ्कलन हुन नसकेको व्यवसायी राजन गुरुङले गुनासो गर्नुभयो । जिविस पर्वतले ठूलो र सानो गरी रु ५० देखि रु पाँच सयसम्म प्रतिढुङ्गा कर सङ्कलन गर्दै आएको छ ।
याम सुरु भएसँगै कालीगण्डकीमा दिनहुजसो जलयात्राका लागि पर्यटक भित्रिने गरेका छन् । पोखरामा रहेका पर्यटन व्यवसायी तथा ¥याफ्टिङ एजेन्सीले पर्वतको नयाँ पुलदेखि स्याङ्जाको मिर्मी खण्डसम्म तीन दिनको जलयात्रा गराएर पर्यटकलाई मनोरञ्जन दिलाउँदै आएका छन् । अन्य मौसमभन्दा मार्चदेखि मे महिनासम्मको याम जलयात्राका लागि उपयुक्त मानिन्छ । जलयात्राका लागि पोखराबाट दैनिकजसो ३० जनाभन्दा बढी पर्यटक कालीगण्डकी आउने गरेका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












