कालीगण्डकी करिडोर निर्माणले जलयात्रा प्रभावित बन्दै
पर्वत ८ चैत । कालीगण्डकी करिडोर निर्माण कार्यका कारण जलयात्रा प्रभावित बनेको छ ।
करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुङ्गा, माटो नदीमा खस्ने क्रम नरोकिएपछि जलयात्रा प्रभावित बनेको हो । नदी माथिको बागलुङ क्षेत्रबाट करिडोर निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको छ । सडक निर्माणका कारण जलयात्राका लागि कालीगण्डकी पुगेका स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् ।
करिडोर निर्माणका क्रममा नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान फुटाउँदा नदीको बीच भागसम्म नै ढुङ्गा आउने गरेको छ । ढुङ्गा नदीमाआएपछि जलयात्रा गर्न जोखिमपूर्ण रहेको नेपाल ¥याफ्टिङ एसोसिएन एजेन्सी ‘नारा’ पश्चिमाञ्चलका अध्यक्ष मीनबहादुर मगरले बताउनुभयो ।
पर्वतको कुश्मा नगरपालिका– १ नयाँ पुलबाट सुरु हुने जलयात्रामा कालीगण्डकी नदीको मोदीवेणी खण्डसम्म सहज रुपमा जलयात्रा सञ्चालन हुँदैआएको छ । तर मोदीवेणीदेखि पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीसम्मको भागमा वलयात्रा जोखिम रहेको नाराका सदस्य देव रेग्मीले बताउनुभयो ।
“अघिल्लो याममा पटक/पटक अनुरोध गरेपछि ब्लास्टिङ कार्य रोकेर जलयात्रा गरेका थियौँ,” उहाँले भन्नुभयो । अहिलेको याममा सहज रुपमा जलयात्रा सञ्चालन गर्न अन्योल भएको छ । करिडोर निर्माण गर्ने निकायले समयको व्यवस्थापन गरेर निर्माण कार्य सञ्चालन गरे मात्र यात्राको जोखिम घट्ने उहाँको भनाइ छ ।
चालु आवदेखि जिल्ला विकास समिति पर्वतले जलयात्रा व्यवसायमा कर प्रणाली लागू गरेपनि त्यसको व्यवस्थापनमा ध्यान नदिएकाले कर सङ्कलन हुन नसकेको व्यवसायी राजन गुरुङले गुनासो गर्नुभयो । जिविस पर्वतले ठूलो र सानो गरी रु ५० देखि रु पाँच सयसम्म प्रतिढुङ्गा कर सङ्कलन गर्दै आएको छ ।
याम सुरु भएसँगै कालीगण्डकीमा दिनहुजसो जलयात्राका लागि पर्यटक भित्रिने गरेका छन् । पोखरामा रहेका पर्यटन व्यवसायी तथा ¥याफ्टिङ एजेन्सीले पर्वतको नयाँ पुलदेखि स्याङ्जाको मिर्मी खण्डसम्म तीन दिनको जलयात्रा गराएर पर्यटकलाई मनोरञ्जन दिलाउँदै आएका छन् । अन्य मौसमभन्दा मार्चदेखि मे महिनासम्मको याम जलयात्राका लागि उपयुक्त मानिन्छ । जलयात्राका लागि पोखराबाट दैनिकजसो ३० जनाभन्दा बढी पर्यटक कालीगण्डकी आउने गरेका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












