अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो चैत १७ बाट काठमाडौंमा
काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेला प्रदर्शनी हुनेभएको छ ।
कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन नेपालको संयुक्त आयोजनामा चैत १७ देखि २० गतेसम्म आयोजना हुने सो मेलामा चीन, बङ्गलादेश, श्रीलङ्का, भारत र दक्षिण कोरियाको सहभागिता हुने जनाएको छ ।
‘शान्ति समृद्धि तथा स्वच्छ वातावरणका लागि पुष्प व्यवसाय’ मूलनाराका साथ सुरु हुन लागेको उक्त मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले चैत १७ गते गर्नुहुने कार्यक्रम छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुले मेलामा अन्तर्राष्ट्रिय क्षेत्रबाट २८ र नेपालबाट ७१ गरी कुल ९९ वटा कक्ष समावेश गरिने जानकारी दिनुभयो ।
मेलामा ४५० मौसमी पूmल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, पूmलको गानो बीउबिजन, ग्रिन हाउस, कृषि औजार, उपकरण प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र जैविक तथा रासायनिक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहनेछ ।
मेला अवधिभर ६५ हजार अवलोकनकर्ता तथा रु ७५ लाख बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
नेपालमा २०११ सालबाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय आव २०७२÷७३ सम्म पुग्दा ३९ जिल्लामा विस्तार भएको छ । करिब ६७८ पुष्प व्यवसाय व्यावसायिक रुपमा अगाडि बढेका छन् । लगभग दुई हजार ९६० रोपनीमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुष्पखेतीबाट लाभान्वित भएका छन् ।
आव २०७२÷७३ मा रु एक अर्ब ५२ करोडभन्दा बढीको यसको कारोबार भएको थियो । निर्याततर्फ रु तीन करोड २५ लाख र आयाततर्फ रु नौ करोड रहेको एसोसिएसनले बताएको छ ।
सरकारले पुष्प प्रवद्र्धन नीति २०६९ कार्यान्वयनमा ल्याएको अहिले चारवर्ष पुगेको छ । पुष्प प्रवद्र्धन नीति आएको वर्ष सरकारले फ्लोरिकल्चर एसोसिएसन नेपालमार्फत रु एक करोड रकम उपलव्ध गराएको थियो । त्यसपछि आगामी आव २०७२÷७३ का लागि छुट्याइएको रु दुई करोड ४५ लाख खर्च भइसकेको छ ।
नेपालले पुष्पखेती व्यावसायिक ढङ्गले सुरुवात गरेको झन्डै २३ वर्ष पुगिसकेको छ । तर आत्मनिर्भर हुन सकेको छैन । यहाँ विभिन्न जातका पुष्प भारत, थाइल्यान्ड, फ्रान्स, बेलायत, जापान, नामेबिया, इटालीलगायतका मुलुकबाट आयात भइरहेका छन् ।
एकपटक प्रयोग गरिसकेपछि पुनः पुष्पलाई उपयोगमा ल्याउन सकिँदैन । जन्मेदेखि मृत्युपर्यन्तसम्म पुष्पको आवश्यकता पर्छ । सबै जातजातिको फरकफरक संस्कार र संस्कृतिको उत्थान र विकासमा समेत पुष्पको प्रयोग हुन्छ । तर, उत्पादनमा भन्दा उपभोगमा सीमित हुने बानीले पुष्पको आयात प्रतिस्थानपन तत्काल असम्भव रहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
बजारमा पुष्पको माग बढेको छ तर आवश्यकताअनुसारको उत्पादन दिन सकिएको छैन । हाल नेदरल्यान्ड, हल्यान्ड, थाइल्यान्ड, अमेरिकालगायतका देशमा गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कट फ्लावरको माग दिनप्रतिदिन बढेको भए पनि नेपालबाट निर्यात हुन सकेको छैन । युरोपका झन्डै १२ मुलुकमा नेपाली कट फ्लावर निर्यात गर्न सकिने सम्भावना रहेको बताइन्छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












