अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो चैत १७ बाट काठमाडौंमा
काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेला प्रदर्शनी हुनेभएको छ ।
कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन नेपालको संयुक्त आयोजनामा चैत १७ देखि २० गतेसम्म आयोजना हुने सो मेलामा चीन, बङ्गलादेश, श्रीलङ्का, भारत र दक्षिण कोरियाको सहभागिता हुने जनाएको छ ।
‘शान्ति समृद्धि तथा स्वच्छ वातावरणका लागि पुष्प व्यवसाय’ मूलनाराका साथ सुरु हुन लागेको उक्त मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले चैत १७ गते गर्नुहुने कार्यक्रम छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुले मेलामा अन्तर्राष्ट्रिय क्षेत्रबाट २८ र नेपालबाट ७१ गरी कुल ९९ वटा कक्ष समावेश गरिने जानकारी दिनुभयो ।
मेलामा ४५० मौसमी पूmल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, पूmलको गानो बीउबिजन, ग्रिन हाउस, कृषि औजार, उपकरण प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र जैविक तथा रासायनिक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहनेछ ।
मेला अवधिभर ६५ हजार अवलोकनकर्ता तथा रु ७५ लाख बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
नेपालमा २०११ सालबाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय आव २०७२÷७३ सम्म पुग्दा ३९ जिल्लामा विस्तार भएको छ । करिब ६७८ पुष्प व्यवसाय व्यावसायिक रुपमा अगाडि बढेका छन् । लगभग दुई हजार ९६० रोपनीमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुष्पखेतीबाट लाभान्वित भएका छन् ।
आव २०७२÷७३ मा रु एक अर्ब ५२ करोडभन्दा बढीको यसको कारोबार भएको थियो । निर्याततर्फ रु तीन करोड २५ लाख र आयाततर्फ रु नौ करोड रहेको एसोसिएसनले बताएको छ ।
सरकारले पुष्प प्रवद्र्धन नीति २०६९ कार्यान्वयनमा ल्याएको अहिले चारवर्ष पुगेको छ । पुष्प प्रवद्र्धन नीति आएको वर्ष सरकारले फ्लोरिकल्चर एसोसिएसन नेपालमार्फत रु एक करोड रकम उपलव्ध गराएको थियो । त्यसपछि आगामी आव २०७२÷७३ का लागि छुट्याइएको रु दुई करोड ४५ लाख खर्च भइसकेको छ ।
नेपालले पुष्पखेती व्यावसायिक ढङ्गले सुरुवात गरेको झन्डै २३ वर्ष पुगिसकेको छ । तर आत्मनिर्भर हुन सकेको छैन । यहाँ विभिन्न जातका पुष्प भारत, थाइल्यान्ड, फ्रान्स, बेलायत, जापान, नामेबिया, इटालीलगायतका मुलुकबाट आयात भइरहेका छन् ।
एकपटक प्रयोग गरिसकेपछि पुनः पुष्पलाई उपयोगमा ल्याउन सकिँदैन । जन्मेदेखि मृत्युपर्यन्तसम्म पुष्पको आवश्यकता पर्छ । सबै जातजातिको फरकफरक संस्कार र संस्कृतिको उत्थान र विकासमा समेत पुष्पको प्रयोग हुन्छ । तर, उत्पादनमा भन्दा उपभोगमा सीमित हुने बानीले पुष्पको आयात प्रतिस्थानपन तत्काल असम्भव रहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
बजारमा पुष्पको माग बढेको छ तर आवश्यकताअनुसारको उत्पादन दिन सकिएको छैन । हाल नेदरल्यान्ड, हल्यान्ड, थाइल्यान्ड, अमेरिकालगायतका देशमा गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कट फ्लावरको माग दिनप्रतिदिन बढेको भए पनि नेपालबाट निर्यात हुन सकेको छैन । युरोपका झन्डै १२ मुलुकमा नेपाली कट फ्लावर निर्यात गर्न सकिने सम्भावना रहेको बताइन्छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












