नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेसन : शेखर गोल्छा पक्षद्वारा उमेद्वारी दर्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेसनमा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र उनको प्यानले उमेद्वारी दर्ता गराएको छ। महासंघ कार्यालय टेकुमा अन्य तीन उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुले मनोनयन दर्ता गराएक हुन्।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को पटक स्वत अध्यक्ष हुने व्यवस्था गरेको छ। अहिले वरिष्ठ उपाध्यक्षमा भवानी राणा छिन्, उनी अधिवेसनपछि स्वत अध्यक्ष हुने छिन्। अर्को पटकका अध्यक्षका लागि वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्नु पर्छ।
वरिष्ठ उपाध्यक्षका उमेद्वार गोल्छाको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएटमा चन्द्र ढकाल र जिल्ला नगर उपाध्यक्षमा दिनेशलाल श्रेष्ठले उमेद्वारी दर्ता गराएका हुन्। कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले उमेद्वारी दर्ता गराएका छन्।
स्वतन्त्रबाट एसोसिएट उपाध्यक्षमा उमेद्वारी दिने बताउँदै आएका सौरव ज्योतिले उमेद्वारी फिर्ता लिएका छन्। उनले ढकाललाई समर्थन गर्दै गोल्छाको प्यानलबाट सदस्यमा उमेद्वारी दिएका छन्। ज्योतिले महासंघलाई एकताबद्ध गर्दै लैजानका लागि उपाध्यक्षबाट उमेद्वारी फिर्ता लिएका हुन्।
अर्को पक्षले भने भोली मात्र उमेद्वारी दर्ता गर्ने भएको छ। किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने छन्। आइतबार साँझ उमेद्वारी घोषणा गरेपछि भोली दर्ता गर्ने रणनीति प्रधान पक्षको हो।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












