नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेसन : शेखर गोल्छा पक्षद्वारा उमेद्वारी दर्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेसनमा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र उनको प्यानले उमेद्वारी दर्ता गराएको छ। महासंघ कार्यालय टेकुमा अन्य तीन उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुले मनोनयन दर्ता गराएक हुन्।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को पटक स्वत अध्यक्ष हुने व्यवस्था गरेको छ। अहिले वरिष्ठ उपाध्यक्षमा भवानी राणा छिन्, उनी अधिवेसनपछि स्वत अध्यक्ष हुने छिन्। अर्को पटकका अध्यक्षका लागि वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्नु पर्छ।
वरिष्ठ उपाध्यक्षका उमेद्वार गोल्छाको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएटमा चन्द्र ढकाल र जिल्ला नगर उपाध्यक्षमा दिनेशलाल श्रेष्ठले उमेद्वारी दर्ता गराएका हुन्। कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले उमेद्वारी दर्ता गराएका छन्।
स्वतन्त्रबाट एसोसिएट उपाध्यक्षमा उमेद्वारी दिने बताउँदै आएका सौरव ज्योतिले उमेद्वारी फिर्ता लिएका छन्। उनले ढकाललाई समर्थन गर्दै गोल्छाको प्यानलबाट सदस्यमा उमेद्वारी दिएका छन्। ज्योतिले महासंघलाई एकताबद्ध गर्दै लैजानका लागि उपाध्यक्षबाट उमेद्वारी फिर्ता लिएका हुन्।
अर्को पक्षले भने भोली मात्र उमेद्वारी दर्ता गर्ने भएको छ। किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने छन्। आइतबार साँझ उमेद्वारी घोषणा गरेपछि भोली दर्ता गर्ने रणनीति प्रधान पक्षको हो।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












