एनएसीद्वारा वाइडवडी विमान खरीद सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं २५ चैत । नेपाल वायुसेवा निगमले अमेरिकन लिजिङ कम्पनी ‘एएआर’ कर्पोरेसनसँग शुक्रबार वाइडवडी विमान खरीदको सम्झौता गरेको छ ।
एएआर र पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाइ कम्पनीका प्रतिनिधी र निगमका प्रतिनिधीहरुबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौंता भएसँगै अब थप दुर्इ जहाज आउने निश्चत भएको छ ।
निगमले कर्पोरेसनसँग एयरबस ३३०–२०० सिरिजका दुईवटा वाईड वडी जहाज खरीद गर्नेछ । कुनै राजनीतिक र प्रशासनिक अवरोध नभएमा तोकिएको समयमा जहाज आउनेछ। निगमले टेण्डर गर्दा हजार घण्टासम्म उडेको सेकेन्डह्याण्ड जहाजका लागि प्रस्ताव माग गरेको थियो । तर , कर्पोरेसनले ‘ब्राण्ड न्यू’ जहाज दिने टेण्डर हालेको थियो।
नयाँ जहाज भएकोले सीट व्यवस्थापन गर्न पनि सजिलो भएको हो । कर्पोरेसनले एयरबसको फ्याक्ट्रीमै रहेको विमान उपलब्ध गराउने छ। पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाइले एयरवससँग खरीद अर्डर गरेपनि कम्पनी ऋणमा रहेको कारण जहाज किन्न नसक्ने भएपछि कर्पोरेसनले सकारेर निगमलाई बेचेको हो ।
यही अवसरको सदुपयोग गर्दै निगमले कुल दुईसय ८० सिट क्षमताका दुइवटा जहाजमा निगम सञ्चालक समितिले प्रतिजहाज १६ वटा विजनेस क्लास सीट राख्ने निर्णय गरेको छ।
१६ वटा विजनेस क्लास सिट राख्नका लागि स्विकृति दिइसकेको र बाँकी दुईसय ६४ वटा सीट इकोनोमिक क्लासका हुने उनले बताए। वाइडबडी विमान ल्याएपछि निगमले काठमाडौंबाट लण्डन, सिंगापुर, सिड्नी लगायत चीनका बिभिन्न गन्तव्यमा सिधा उडान गर्ने लक्ष्य राखेको छ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












