एनएसीद्वारा वाइडवडी विमान खरीद सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं २५ चैत । नेपाल वायुसेवा निगमले अमेरिकन लिजिङ कम्पनी ‘एएआर’ कर्पोरेसनसँग शुक्रबार वाइडवडी विमान खरीदको सम्झौता गरेको छ ।
एएआर र पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाइ कम्पनीका प्रतिनिधी र निगमका प्रतिनिधीहरुबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौंता भएसँगै अब थप दुर्इ जहाज आउने निश्चत भएको छ ।
निगमले कर्पोरेसनसँग एयरबस ३३०–२०० सिरिजका दुईवटा वाईड वडी जहाज खरीद गर्नेछ । कुनै राजनीतिक र प्रशासनिक अवरोध नभएमा तोकिएको समयमा जहाज आउनेछ। निगमले टेण्डर गर्दा हजार घण्टासम्म उडेको सेकेन्डह्याण्ड जहाजका लागि प्रस्ताव माग गरेको थियो । तर , कर्पोरेसनले ‘ब्राण्ड न्यू’ जहाज दिने टेण्डर हालेको थियो।
नयाँ जहाज भएकोले सीट व्यवस्थापन गर्न पनि सजिलो भएको हो । कर्पोरेसनले एयरबसको फ्याक्ट्रीमै रहेको विमान उपलब्ध गराउने छ। पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाइले एयरवससँग खरीद अर्डर गरेपनि कम्पनी ऋणमा रहेको कारण जहाज किन्न नसक्ने भएपछि कर्पोरेसनले सकारेर निगमलाई बेचेको हो ।
यही अवसरको सदुपयोग गर्दै निगमले कुल दुईसय ८० सिट क्षमताका दुइवटा जहाजमा निगम सञ्चालक समितिले प्रतिजहाज १६ वटा विजनेस क्लास सीट राख्ने निर्णय गरेको छ।
१६ वटा विजनेस क्लास सिट राख्नका लागि स्विकृति दिइसकेको र बाँकी दुईसय ६४ वटा सीट इकोनोमिक क्लासका हुने उनले बताए। वाइडबडी विमान ल्याएपछि निगमले काठमाडौंबाट लण्डन, सिंगापुर, सिड्नी लगायत चीनका बिभिन्न गन्तव्यमा सिधा उडान गर्ने लक्ष्य राखेको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












