प्रभु बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

बाग्लुङ । प्रभु बैंक लिमिटेडको बागलुङ्ग बजारस्थित बाग्लुङ शाखाले चैते दशै मेलाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गत बुधवार सम्पन्न रक्तदान कार्यक्रममा बैंकका कर्मचारी सहित बागलुङस्थित अन्य विभिन्न कार्यालयका कर्मचारी, अन्य बैंकका प्रतिनिधि र मेला भर्न आएका सर्वसाधारणहरुले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी र रक्त संचार केन्द्रको सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रमबाट मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने रगतको अभाव हुन नदिन नेपालको बैंकिङ्ग क्षेत्र पनि कटिबद्ध रहेको छ भन्ने सन्देश गएको बैंकको दाबी छ । रक्तसंचार केन्द्र बागलुङमा एकैपटकमा धेरै रगतको संकलन गर्ने क्षमता नभएको कारण जम्मा २७ जना रक्तदाताहरुले रक्तदान गरेको थिए । रक्त संकलन क्षमता अभावका कारण रक्तदान गर्न नपाएका इच्छुक व्यक्तिहरुलाई आवश्यक परेको समयमा रक्तदानको लागि खबर गर्ने गरी गर्न सम्पर्कमा राखिएको बताइएको छ ।
प्रभुले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागहरुमा भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, शैक्षिक सामाग्री वितरण, निशुल्क स्वास्थ्य जाँच शिबिर, रक्तदान लगायतका विभिन्न समाजपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै आईरहेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












