प्रभु बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

बाग्लुङ । प्रभु बैंक लिमिटेडको बागलुङ्ग बजारस्थित बाग्लुङ शाखाले चैते दशै मेलाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गत बुधवार सम्पन्न रक्तदान कार्यक्रममा बैंकका कर्मचारी सहित बागलुङस्थित अन्य विभिन्न कार्यालयका कर्मचारी, अन्य बैंकका प्रतिनिधि र मेला भर्न आएका सर्वसाधारणहरुले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी र रक्त संचार केन्द्रको सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रमबाट मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने रगतको अभाव हुन नदिन नेपालको बैंकिङ्ग क्षेत्र पनि कटिबद्ध रहेको छ भन्ने सन्देश गएको बैंकको दाबी छ । रक्तसंचार केन्द्र बागलुङमा एकैपटकमा धेरै रगतको संकलन गर्ने क्षमता नभएको कारण जम्मा २७ जना रक्तदाताहरुले रक्तदान गरेको थिए । रक्त संकलन क्षमता अभावका कारण रक्तदान गर्न नपाएका इच्छुक व्यक्तिहरुलाई आवश्यक परेको समयमा रक्तदानको लागि खबर गर्ने गरी गर्न सम्पर्कमा राखिएको बताइएको छ ।
प्रभुले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागहरुमा भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, शैक्षिक सामाग्री वितरण, निशुल्क स्वास्थ्य जाँच शिबिर, रक्तदान लगायतका विभिन्न समाजपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै आईरहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












