अपिले रु ३ करोड ४५ लाख खुद नाफा गर्यो
चैत २६ , काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा ४ गुणाले वृद्धि गर्दै अपि पावर कम्पनी लिमिटेडले रु ३ करोड ४५ लाख खुद नाफा गरेको छ । क्रमश मुनाफा बढ्दै गइरहेको छ ।
अघिल्लो बर्षको सो अवधिमा कम्पनीले रु २४ लाख ९१ हजार मात्रै नाफा गरेको थियो ।अपिले विजुली बेचेर पहिलो त्रैमासिकमा रु चार करोड ६१ लाख ६१ लाख कमाएको छ । कम्पनीको कुल संचालन खर्च निकै घटेको छ ।
यस बर्ष कम्पनीको संचालन खर्च रु ६४ लाख ९५ हजार भएको छ । अघिल्लो बर्षको यसै अबधिमा संचालन खर्च रु ९२ लाख ६० हजार थियो ।यस्तै कम्पनीको जगेडा कोष बढेर रु ८ करोड ४२ करोड पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा जगेडा कोषमा रु एक करोड ११ लाख मात्रै थियो ।
अपिले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा लगानी बढाएर रु १४ करोड ५६ लाख पु¥याएको छ ।कम्पनीको सेयर पूँजी रु १ अर्ब छ । कम्पनीको प्रति सेयर आम्दानी ६।५८ रुपैयाँ, प्रति सेयर नेट वर्थ १०४।६८ र पिइ रेसियो ९० गुणा रहेको छ ।
कम्पनीले १ कित्ता बराबर २ का दरले हकप्रद जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । सो निवेदनमाथि चाडै नै बोर्डले निर्णय गर्ने जनाएको छ । अपि पावरले ८।५ मेगावाटको नौगाड जलविद्युत आयोजना पूरा गरेर विद्युत उत्पादन गरिरहेको छ ।
कम्पनीले उक्त आयोजना १७ महिनामै पूरा गरेको थियो । यो आयोजना २०७२ साल भदौ देखि राष्ट्रि«य प्रसारणमा आवद्ध छ । अपि पावरको प्रवर्धनमा माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण हुँदैछ । सो आयोजनाको क्षमता ८ मेगावाट रहेको छ ।उक्त आयोजनाको ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ भने सो आयोजनामा आगामी आवदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












