अपिले रु ३ करोड ४५ लाख खुद नाफा गर्यो
चैत २६ , काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा ४ गुणाले वृद्धि गर्दै अपि पावर कम्पनी लिमिटेडले रु ३ करोड ४५ लाख खुद नाफा गरेको छ । क्रमश मुनाफा बढ्दै गइरहेको छ ।
अघिल्लो बर्षको सो अवधिमा कम्पनीले रु २४ लाख ९१ हजार मात्रै नाफा गरेको थियो ।अपिले विजुली बेचेर पहिलो त्रैमासिकमा रु चार करोड ६१ लाख ६१ लाख कमाएको छ । कम्पनीको कुल संचालन खर्च निकै घटेको छ ।
यस बर्ष कम्पनीको संचालन खर्च रु ६४ लाख ९५ हजार भएको छ । अघिल्लो बर्षको यसै अबधिमा संचालन खर्च रु ९२ लाख ६० हजार थियो ।यस्तै कम्पनीको जगेडा कोष बढेर रु ८ करोड ४२ करोड पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा जगेडा कोषमा रु एक करोड ११ लाख मात्रै थियो ।
अपिले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा लगानी बढाएर रु १४ करोड ५६ लाख पु¥याएको छ ।कम्पनीको सेयर पूँजी रु १ अर्ब छ । कम्पनीको प्रति सेयर आम्दानी ६।५८ रुपैयाँ, प्रति सेयर नेट वर्थ १०४।६८ र पिइ रेसियो ९० गुणा रहेको छ ।
कम्पनीले १ कित्ता बराबर २ का दरले हकप्रद जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । सो निवेदनमाथि चाडै नै बोर्डले निर्णय गर्ने जनाएको छ । अपि पावरले ८।५ मेगावाटको नौगाड जलविद्युत आयोजना पूरा गरेर विद्युत उत्पादन गरिरहेको छ ।
कम्पनीले उक्त आयोजना १७ महिनामै पूरा गरेको थियो । यो आयोजना २०७२ साल भदौ देखि राष्ट्रि«य प्रसारणमा आवद्ध छ । अपि पावरको प्रवर्धनमा माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण हुँदैछ । सो आयोजनाको क्षमता ८ मेगावाट रहेको छ ।उक्त आयोजनाको ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ भने सो आयोजनामा आगामी आवदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












