रोकियो भैरहवा विमानस्थलको निर्माण, नेपाली कम्पनीले माग्यो चिनियाँसँग ६० करोड रुपैयाँ
भैरहवा । आपसी आरोप र प्रत्यारोपका कारण भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण कार्य फेरी रोकिएको छ।
विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले सवकन्ट्याक्टर नेपाली ठेकेदार कम्पनी नर्थवेष्ट नेपाल इन्फ्रा प्रालिलार्ई कामबापतको ६० करोड पाँचलाख ५४ हजार ६१५ रुपैयाँ ९१ पैसा तिर्नुपर्ने पैसा नतिरेको दावी गर्दै यो विवाद निकालिएको हो।
चिनियाँ निर्माण कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले विमानस्थल निर्माणको ठेक्का पाए पनि नेपाली सवकन्ट्याक्टर नर्थवेष्ट नेपाल इन्फ्रा प्रालिलाई निर्माणको जिम्मा दिएको थियो।चिनियाँ कम्पनीले सम्झौताअनुसार रकम नदिँदा नेपाली पक्षले मर्कामा परेको भन्दै तीन दिने अल्टिमेटम दिएको छ।नेपाली पक्ष सवकन्ट्याक्टर नर्थवेष्ट नेपाल इन्फ्राले भैरहवामा पत्रकार सम्मेलन गरी चिनियाँ कम्पनीले सम्झौताअनुसार रकम प्राप्त नभएको दावी गरेको छ।
नेपाली र चिनियाँ ठेकेदारबीच लेनदेन विवाद भएपछि चैत ८ गते भैरहवामा सर्वपक्षीय छलफल गरी विवाद टुङ्ग्याउने सहमति भएको थियो।सहमतिमा नेपाल सरकारका तर्फबाट दक्षिण एसियाली पूर्वाधार विकास आयोजनाका नेपाल प्रमुख तथा सहसचिव डन्डुराज घिमिरे, क्यानका उपनिर्देशक राजकुमार क्षेत्री, एडिबीका नरेश प्रधान तथा आयोजना प्रमुख ओम शर्माको रोहबरमा बैठक बसेको थियो। बैठकमा चिनियाँ कम्पनीका उपाध्यक्ष वाङ् जियान गाङ् र नेपाली कम्पनीका अध्यक्ष राजु गुरुङले हस्ताक्षर गरेका थिए।
सहमतिमा नेपाली पक्षले पाँच दिनभित्र चिनियाँ पक्षलाई बिलविजक दिने र एक हप्ताभित्र नेपाली पक्षलाई पूरा रकम चिनियाँ पक्षले चुक्ता गर्ने उल्लेख थियो।विमानस्थल निर्माणस्थलमा नेपाली पक्षले सम्झौताअनुसार काम गर्ने क्रममा २७ प्रतिशत काम सम्पन्न भैसकेको र आगामी जेठ मसान्तसम्म ६० प्रतिशत काम गर्ने लक्ष्य राखेको थियो ।
तर चिनियाँ पक्षले विवाद निकालेर नेपाली पक्षलाई हटाउन खोजेपछि चैत १ गतेदेखी निर्माणको काम ठप्प भएको छ।विसं २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आयोजनाको शिलान्यास गर्नुभएको यो विमानस्थल २०७४ जेठ १९ गते सम्पन्न गर्नुपर्ने थियो। तर तराई मधेस आन्दोलन र नाकाबन्दीका कारण आयोजना निर्माणको अवधि १६७ दिन थपी २०७४ कात्तिक २५ गतेसम्मलाई लम्ब्याइएको छ।
नेपाली र चिनियाँ ठेकेदार कम्पनीबीच विवाद चुलिएपछि नेपालस्थित चिनियाँ राजदूताबासले समेत चासो व्यक्त गरेको छ। चिनियाँ राजदूतावासले दुवै पक्षलाई सहमतिमा ल्याई पुनः पुरानै सम्झौताअनुसार दुवै पक्षलाई मिलेर काम गर्न आग्रह गरेको स्रोतले बताएको छ। (रासस )
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












