रोकियो भैरहवा विमानस्थलको निर्माण, नेपाली कम्पनीले माग्यो चिनियाँसँग ६० करोड रुपैयाँ
भैरहवा । आपसी आरोप र प्रत्यारोपका कारण भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण कार्य फेरी रोकिएको छ।
विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले सवकन्ट्याक्टर नेपाली ठेकेदार कम्पनी नर्थवेष्ट नेपाल इन्फ्रा प्रालिलार्ई कामबापतको ६० करोड पाँचलाख ५४ हजार ६१५ रुपैयाँ ९१ पैसा तिर्नुपर्ने पैसा नतिरेको दावी गर्दै यो विवाद निकालिएको हो।
चिनियाँ निर्माण कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले विमानस्थल निर्माणको ठेक्का पाए पनि नेपाली सवकन्ट्याक्टर नर्थवेष्ट नेपाल इन्फ्रा प्रालिलाई निर्माणको जिम्मा दिएको थियो।चिनियाँ कम्पनीले सम्झौताअनुसार रकम नदिँदा नेपाली पक्षले मर्कामा परेको भन्दै तीन दिने अल्टिमेटम दिएको छ।नेपाली पक्ष सवकन्ट्याक्टर नर्थवेष्ट नेपाल इन्फ्राले भैरहवामा पत्रकार सम्मेलन गरी चिनियाँ कम्पनीले सम्झौताअनुसार रकम प्राप्त नभएको दावी गरेको छ।
नेपाली र चिनियाँ ठेकेदारबीच लेनदेन विवाद भएपछि चैत ८ गते भैरहवामा सर्वपक्षीय छलफल गरी विवाद टुङ्ग्याउने सहमति भएको थियो।सहमतिमा नेपाल सरकारका तर्फबाट दक्षिण एसियाली पूर्वाधार विकास आयोजनाका नेपाल प्रमुख तथा सहसचिव डन्डुराज घिमिरे, क्यानका उपनिर्देशक राजकुमार क्षेत्री, एडिबीका नरेश प्रधान तथा आयोजना प्रमुख ओम शर्माको रोहबरमा बैठक बसेको थियो। बैठकमा चिनियाँ कम्पनीका उपाध्यक्ष वाङ् जियान गाङ् र नेपाली कम्पनीका अध्यक्ष राजु गुरुङले हस्ताक्षर गरेका थिए।
सहमतिमा नेपाली पक्षले पाँच दिनभित्र चिनियाँ पक्षलाई बिलविजक दिने र एक हप्ताभित्र नेपाली पक्षलाई पूरा रकम चिनियाँ पक्षले चुक्ता गर्ने उल्लेख थियो।विमानस्थल निर्माणस्थलमा नेपाली पक्षले सम्झौताअनुसार काम गर्ने क्रममा २७ प्रतिशत काम सम्पन्न भैसकेको र आगामी जेठ मसान्तसम्म ६० प्रतिशत काम गर्ने लक्ष्य राखेको थियो ।
तर चिनियाँ पक्षले विवाद निकालेर नेपाली पक्षलाई हटाउन खोजेपछि चैत १ गतेदेखी निर्माणको काम ठप्प भएको छ।विसं २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आयोजनाको शिलान्यास गर्नुभएको यो विमानस्थल २०७४ जेठ १९ गते सम्पन्न गर्नुपर्ने थियो। तर तराई मधेस आन्दोलन र नाकाबन्दीका कारण आयोजना निर्माणको अवधि १६७ दिन थपी २०७४ कात्तिक २५ गतेसम्मलाई लम्ब्याइएको छ।
नेपाली र चिनियाँ ठेकेदार कम्पनीबीच विवाद चुलिएपछि नेपालस्थित चिनियाँ राजदूताबासले समेत चासो व्यक्त गरेको छ। चिनियाँ राजदूतावासले दुवै पक्षलाई सहमतिमा ल्याई पुनः पुरानै सम्झौताअनुसार दुवै पक्षलाई मिलेर काम गर्न आग्रह गरेको स्रोतले बताएको छ। (रासस )
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












