विशेष साधारणसभा : अपि पावरले एक बराबर दुई कित्ता हकप्रद सेयर दिने
काठमाडौं । अपि पावर कक्पनी लिमिटेडको दोस्रो विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सेयरधनीलाई एक बराबर दुई कित्ता हकप्रद सेयर दिने प्रस्ताव विशेष साधारण सभाले पारित गरेको छ । साधारणसभाबाट पारित प्रस्ताव नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ ।
कम्पनीको हालको सेयर संख्या एक करोड पाँच लाख कित्ता रहेको छ । यसबाट विद्यमान १ सेयर बराबर दुई सेयरका दरले हकप्रद सेयर निस्काशन गर्ने प्रस्ताव पारित भएको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने जानकारी दिए ।
प्रतवित सेयर निस्काशनबाट प्राप्त हुने जम्मा रु दुई अर्ब १० करोड मध्ये रु एक अर्ब सिद्धकाली पावर लिमिटेड कम्पनीले प्रवद्र्धन गर्न लागेको त्रिशुली गल्छी जलविद्युत् आयोजनामा लगानी गरिनेछ भने रु एक अर्ब १० करोड रकम भने विभिन्न सौर्य परियोजनामा लगानी गर्ने तयारी गरिएको छ ।
यस्तै अपि पावर कम्पनीको हालको चुक्ता पूँजी रु एक अर्ब पाँच करोड र जारी पूँजी रु तीन अर्ब रहेकोमा पूँजी वृद्धि गरी जारी पूँजी रु चार अबै कायम गर्ने प्रस्ताव पनि विशेष साधारणसभाले पारित गरेको छ ।
कम्पनीको पूँजी संरचनामा परिवर्तन भएको हुँदा सो अनुकुल हुने गरी प्रबन्धपत्रमा संशोधन गर्ने तथा सो सम्बन्धी कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइनेछ ।
साधारणसभालाई सम्बोधन गर्दै कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले कम्पनीले विभिन्न फरक फरक परियोजनामा एक पछि अर्को गर्दै जाने लक्ष्यका साथ काम सुरु भएको बताए ।
उनले कम्पनीले प्रगतिशिल हिसाबले हरेक वर्ष बढी भन्दा बढी प्रतिफल दिने लक्ष्य राखिएको उल्लेख गरे ।
कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले अपि पावर कम्पनीप्रति सेयरधनी र शुभेच्छुकले देखाएको विश्वासलाई सम्मान गर्दै थप नयाँ लगानीका अवसरहरु खोजिएको बताए । कम्पनीले निकट भविस्यमा नै अपर चमेलियालगायतका आयोजनामा लगानी गर्न लागिएको र त्यसले सेयरधनीलाई थप लगानीका अवसर प्रदान गर्ने उनको भनाई छ ।
साधारणसभामा कृष्णप्रसाद अधिकारी, अशोक उप्रेती, हेमराज सुवेदी, अमृतदास रञ्जित, उद्धवप्रसाद घिमिरे, डमरुबल्लभ घिमिरेलगायतले कम्पनीको कार्यप्रगति सन्तोषप्रद रहेको भन्दै आगामी दिनमा सेयरधनीलाई थप विश्वासमा लिएर काम गर्न आग्रह गरेका थिए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












