विशेष साधारणसभा : अपि पावरले एक बराबर दुई कित्ता हकप्रद सेयर दिने
काठमाडौं । अपि पावर कक्पनी लिमिटेडको दोस्रो विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सेयरधनीलाई एक बराबर दुई कित्ता हकप्रद सेयर दिने प्रस्ताव विशेष साधारण सभाले पारित गरेको छ । साधारणसभाबाट पारित प्रस्ताव नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ ।
कम्पनीको हालको सेयर संख्या एक करोड पाँच लाख कित्ता रहेको छ । यसबाट विद्यमान १ सेयर बराबर दुई सेयरका दरले हकप्रद सेयर निस्काशन गर्ने प्रस्ताव पारित भएको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने जानकारी दिए ।
प्रतवित सेयर निस्काशनबाट प्राप्त हुने जम्मा रु दुई अर्ब १० करोड मध्ये रु एक अर्ब सिद्धकाली पावर लिमिटेड कम्पनीले प्रवद्र्धन गर्न लागेको त्रिशुली गल्छी जलविद्युत् आयोजनामा लगानी गरिनेछ भने रु एक अर्ब १० करोड रकम भने विभिन्न सौर्य परियोजनामा लगानी गर्ने तयारी गरिएको छ ।
यस्तै अपि पावर कम्पनीको हालको चुक्ता पूँजी रु एक अर्ब पाँच करोड र जारी पूँजी रु तीन अर्ब रहेकोमा पूँजी वृद्धि गरी जारी पूँजी रु चार अबै कायम गर्ने प्रस्ताव पनि विशेष साधारणसभाले पारित गरेको छ ।
कम्पनीको पूँजी संरचनामा परिवर्तन भएको हुँदा सो अनुकुल हुने गरी प्रबन्धपत्रमा संशोधन गर्ने तथा सो सम्बन्धी कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइनेछ ।
साधारणसभालाई सम्बोधन गर्दै कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले कम्पनीले विभिन्न फरक फरक परियोजनामा एक पछि अर्को गर्दै जाने लक्ष्यका साथ काम सुरु भएको बताए ।
उनले कम्पनीले प्रगतिशिल हिसाबले हरेक वर्ष बढी भन्दा बढी प्रतिफल दिने लक्ष्य राखिएको उल्लेख गरे ।
कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले अपि पावर कम्पनीप्रति सेयरधनी र शुभेच्छुकले देखाएको विश्वासलाई सम्मान गर्दै थप नयाँ लगानीका अवसरहरु खोजिएको बताए । कम्पनीले निकट भविस्यमा नै अपर चमेलियालगायतका आयोजनामा लगानी गर्न लागिएको र त्यसले सेयरधनीलाई थप लगानीका अवसर प्रदान गर्ने उनको भनाई छ ।
साधारणसभामा कृष्णप्रसाद अधिकारी, अशोक उप्रेती, हेमराज सुवेदी, अमृतदास रञ्जित, उद्धवप्रसाद घिमिरे, डमरुबल्लभ घिमिरेलगायतले कम्पनीको कार्यप्रगति सन्तोषप्रद रहेको भन्दै आगामी दिनमा सेयरधनीलाई थप विश्वासमा लिएर काम गर्न आग्रह गरेका थिए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












