मासुको आपूर्ति बढाउन पाडापालन कार्यक्रम
बनेपा, ४ वैशाख । काभ्रेपलाञ्चोकमा मासुको आपूर्ति बढाउन पाडापालन कार्यक्रमका लागि कृषकलाई अनुदान उपलब्ध गराइएको छ ।
जिल्लाको साविकको भुग्देउ गाविसमा रु दुई लाख दुई कृषकलाई उपलब्ध गराउन सम्झौता भएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो । अनुदानप्राप्त कृषकले अनिवार्य कम्तीमा २५ वटा पाडा पालेको हुनुपर्छ ।
साना दूधे पाडा नास नहोउन र पाडाबाट दिगो रुपमा मासु उपलब्ध होस् भन्ने उद्देश्यले अनुदानको व्यवस्था गरिएको हो, उहाँले भन्नुभयो । सरकारले मासुको मागअनुसार आपूर्ति पनि पूरा गर्ने उद्देश्यले पाडापालन कार्यक्रमलाई प्राथमिकतामा राखेकोे पशु चिकित्सक सापकोटाले उल्लेख गर्नुभयो ।
त्यस्तै जिल्लाको साविकको नार्गेगर्गचे गाविसमा दिनेश लामाले सञ्चालन गरेको तामाकोसी अर्गानिक फार्ममा ५० वटा पाडापालन गरिएको छ । सो फार्मलाई पटक पटक गरेर रु १२ लाखसम्म अनुदान उपलब्ध गराइएको सो कार्यालयले जनाएको छ ।
काभ्रेपलाञ्चोकमा तीन वर्षदेखि पाडापालन कार्यक्रम सञ्चालन हुँदै आएको छ । जिल्लामा कुल एक लाख २० हजार भैँसी रहेका र तीनबाट दूधको उत्पादनमा ६० प्रतिशत योगदान रहेको बताइएको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












