मासुको आपूर्ति बढाउन पाडापालन कार्यक्रम
बनेपा, ४ वैशाख । काभ्रेपलाञ्चोकमा मासुको आपूर्ति बढाउन पाडापालन कार्यक्रमका लागि कृषकलाई अनुदान उपलब्ध गराइएको छ ।
जिल्लाको साविकको भुग्देउ गाविसमा रु दुई लाख दुई कृषकलाई उपलब्ध गराउन सम्झौता भएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो । अनुदानप्राप्त कृषकले अनिवार्य कम्तीमा २५ वटा पाडा पालेको हुनुपर्छ ।
साना दूधे पाडा नास नहोउन र पाडाबाट दिगो रुपमा मासु उपलब्ध होस् भन्ने उद्देश्यले अनुदानको व्यवस्था गरिएको हो, उहाँले भन्नुभयो । सरकारले मासुको मागअनुसार आपूर्ति पनि पूरा गर्ने उद्देश्यले पाडापालन कार्यक्रमलाई प्राथमिकतामा राखेकोे पशु चिकित्सक सापकोटाले उल्लेख गर्नुभयो ।
त्यस्तै जिल्लाको साविकको नार्गेगर्गचे गाविसमा दिनेश लामाले सञ्चालन गरेको तामाकोसी अर्गानिक फार्ममा ५० वटा पाडापालन गरिएको छ । सो फार्मलाई पटक पटक गरेर रु १२ लाखसम्म अनुदान उपलब्ध गराइएको सो कार्यालयले जनाएको छ ।
काभ्रेपलाञ्चोकमा तीन वर्षदेखि पाडापालन कार्यक्रम सञ्चालन हुँदै आएको छ । जिल्लामा कुल एक लाख २० हजार भैँसी रहेका र तीनबाट दूधको उत्पादनमा ६० प्रतिशत योगदान रहेको बताइएको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












