ऋणको ब्याज फेरि बढ्दै
काठमाडौं, ५ बैशाख । कल डिपोजिट टिकाउन बैंकहरुले बचतको ब्याज बृद्धि गरेका छन् जसले गर्दा ऋण थप महँगिने भएको छ। बचतको ब्याज बृद्धिले बढेको खर्च ब्यवस्थापन गर्दा ऋणको ब्याज थप महँगिने भएको हो।
बचतको ब्याज बृद्धिका कारण ऋण महँगिन्छ। १७र१८ प्रतिशत ऋणको ब्याज पुग्नु अब स्वभाविक हुन्छ। ब्याज बृद्धिका कारण औद्योगिक उत्पादन तथा सेवा महँगिएर मूल्य बृद्धि पनि उकालो लाग्छ।
नेपाल राष्ट्र बैंकले कल डिपोजिटको ब्याज दर बचत खाताको तल्लो दरभन्दा माथि हुन नहुने व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाले वैशाख १ गतेबाट लागू हुने गरि बचतको ब्याजमा पुनरावलोकन गरेका छन्।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका महर्जनका अनुसार, बचतको ब्याज बृद्धिको असर ऋणको ब्याज दरमा पर्छ। ुतरलता थपिएर सहज अवस्था भयो भने ठिकै छ, नत्र ऋणको ब्याज केही माथि जान्छु उनले भने।
बैंकहरुले बचत खाताको ब्याज दर एक प्रतिशत बिन्दुले बढाएका छन्। बैंकहरुसँग कुल १९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप छ। कुल निक्षेपमा बचत खाताको हिस्सा ३५।४५ प्रतिशत अर्थात ६ खर्ब ७८ अर्ब रुपैयाँ छ।
फागुनको तथ्यांक अनुसार, बैंकहरुले साबिकमा एक प्रतिशत बिन्दुले बचतको ब्याज बढाउँदा पनि ब्याज खर्च ६ अर्ब ७८ करोड रुपैयाँले बृद्धि हुन्छ। यही खर्च ुमेकअपु गर्न बैंकहरुले ऋणको ब्याज महँग्याउने भएका हुन्।
ुबचतको ब्याज बृद्धिका कारण ऋण महँगिन्छ। १७र१८ प्रतिशत ऋणको ब्याज पुग्नु अब स्वभाविक हुन्छु प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने। उनले ब्याज बृद्धिका कारण औद्योगिक उत्पादन तथा सेवा महँगिएर मूल्य बृद्धि पनि उकालो लाग्ने बताए।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












