यस्तो आयो ग्रामीण किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम

झापा, १० वैशाख । ग्रामीण क्षेत्रका किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘हुलाकी राजमार्ग लक्षित एकीकृत दूध उत्पादन प्रवद्र्धन कार्यक्रम’ सञ्चालनमा आएको छ ।
हुलाकी राजमार्गअन्तर्गत जिल्लाका राजगढ, शरणामती, पाँचगाछी, महाभारा–बैगुनधुरा र खजुरगाछी–गौरीगन्जका किसानलाई लक्ष्य गरी उक्त कार्यक्रम सञ्चालन ल्याइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
कार्यक्रमअन्तर्गत सो क्षेत्रका किसानलाई सङ्गठित गरी अनुदान, पशुपालन तालिम र निःशुल्क घाँसको बीउ उपलब्ध गराइएको कार्यालयका सूचना अधिकृत कुमारसिंह खत्रीले।जानकारी दिए । उनका अनुसार एक एक सय जनाको पाँच समूह गठन गरी प्रतिसमूह रू १० लाख गरी रू ५० लाख अनुदानस्वरुप उपलब्ध गराइएको छ ।
कार्यक्रम सुरु भएसँगै पाँचगाछीबाट दैनिक सात सय लि, महाभाराबाट एक सय ५० लि र राजगढबाट पाँच सय लि दूध उत्पादन भई सङ्कलन भइरहेको कार्यालयले जनाएको छ । सो क्षेत्रबाट दैनिक चार हजारदेखि पाँच हजार लि दूध उत्पादन गरी झापालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।
त्यस्तै खजुरगाछीमा दुई हजार लि क्षमता भएको चिस्यान केन्द्र स्थापनाका लागि किसानको मागबमोजिम रू चार लाख अनुदानसमेत केन्द्रबाट पारित भइसकेको खत्रीले जानकारी दिए ।
यस क्षेत्रबाट उत्पादित दूध खरिद गर्न दुई दुग्ध उद्योगसँग सम्झौतासमेत भइसकेको छ । एनएमसी डेरी र ऋतिका डेरीलाई दूध खरिद तथा ढुवानीका लागि प्रतिलि रू दुई दिने सहमति भएको खत्रीले बताए । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












